सार्बजनिक स्थल र जनावरहरुको शरीरमा फोटा टासेर भ्रष्टचारको बिरोध

काठमाडाैँ, ५ चैत । अखिल (क्रान्तिकारी) ले सार्बजनिक स्थलदेखि सरकारी कार्यालयसम्म भ्रष्टचारीका फोटा टास गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले भ्रष्टाचारीको मुख सम्म हेर्न नरुचाउने उद्घोष गरेका स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारका दुई ठुला नाइके सरकारी जग्गा दलाली विष्णु पौडेल र संचार क्षेत्रमा करोडौं भ्रष्टाचार काण्डमा मुसिएका गोकुल बास्कोटालाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेको भन्दै सो कार्यमा उत्रिएको बताइएको छ । उक्त संगठनले सुरुवाती प्रक्रिया अन्तर्गत सांकेतिक रुपमा ठुला भ्रष्टाचार काण्डमा मुछिएकाहरुको पम्पलेट विभिन्न नगर, गाउँ तथा वडा कार्यालय, विद्यालय, क्याम्पस, सार्वजनिक स्थल लगायत ठाउँमा पम्मलेट हरु टाँसिएका छन भने ब्यङ्गात्मक रुपमा विभिन्न जनावरहरुको शरीरमा टाँसेर पनि भ्रष्टाचारिको आम जनसमुदायलाई परिचित गराइएको जनाएको छ। “ सरकारले समृद्धिको नाउँमा करोडौं खर्चेर पोलपोलमा आफ्नो तस्बिर टाँस्न हुने हाम्रो संगठनले भ्रष्टाचार बिरुद्ध बोल्न नहुने ? “ एक विद्यार्थी नेताले बताए ।नेपालमा जग्गा दलालीको खेलोले एकातिर उत्पादनको क्षेत्रमा लगानी हुन सकिरहेको थिएन भने अर्कोतर्फ नेपालमा इन्टरनेट शुल्क महंगो भएका कारण आफुहरु आर्थिक रुपमा शोषित भएको भन्दै भ्रष्टाचार बिरुद्धको उक्त कार्यमा विद्यार्थीले खुलेरै समर्थन जनाए। हाल विद्यार्थीको इन्टरनेटमा हप्ताको कम्तिमा पनि सरदर रु एकसय रुपैयाँ डाटा खरिदमा खर्च हुन्छ।लुम्बिनी क्षेत्रीय समन्वय समितिले पछिल्लो समय राजनैतिक तथा बैचारिक प्रशिक्षण, संगठन बिस्तार, कोरोना बिरुद्ध सचेतना लगायतका कार्यक्रम गरिसकेको छ। लुम्बिनी क्षेत्रीय समन्वय समितिले पछिल्लो समय राजनैतिक तथा बैचारिक प्रशिक्षण, संगठन बिस्तार, कोरोना बिरुद्ध सचेतना लगायतका कार्यक्रम गरिसकेको छ।