१५ सयको मात्र काेराेना परीक्षण गरेर ढुक्क हुने अवस्था छैन : भट्टराई

२०७६ चैत्र २४ गते, सोमबार

काठमाडाैं, २४ चैत । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन करोड जनसंख्यामा १५ सयको मात्र परीक्षण गरेर कोरोनाबाट ढुक्क हुने अवस्था नभएको बताएका छन । समाजिक सञ्जाल ट्वीटर मार्फत भट्टराईले सो कुरा बताएका हुन् । विदेशबाट लाखौं नेपाली भित्रिएको भन्दै द्रूत गतिमा परीक्षण बढाउन पर्ने उनको सुझाव छ । उनि लेख्छन , ‘विदेशबाट लाखौं नेपाली भित्रिने स्थितिमा हामीले द्रूत परीक्षण बढाउनैपर्छ। स्यालको शिकार गर्न बाघको खजाना जो भनिन्छ !’
नेपालमा हालसम्म कोभिड १९ (कोरोना भाइरस) को परीक्षण जम्मा १ हजार ६५६ जनामा मात्र गरिएको छ । जसमध्ये हालसम्म ९ जनामा बाहेक अरु सबैमा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]