जनअधिकार अभियान नेपालद्वारा अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल रिहा गर्न माग

२०७७ जेष्ठ २२ गते, बिहीबार

काठमाडौँ, २२ जेठ । जनअधिकार अभियान नेपालले अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले बुधबार काठमाण्डौको माइतीघरमण्डलाबाट गिरफ्तार गरेकोमा आपत्ति जनाएको छ । अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वक्तव्य जारी गर्दै कानुन ब्याबसायको शिलसिलामा आबश्यक कागजातको नक्कल लिनको लागि भक्तपुर जिल्ला अदालत तर्फ जादै गर्दा कालो कोट , कानुन ब्याबसायिको लोगो मुद्दा संगै सम्बधित कागजात , कानुनका पुस्तकहरु र बारले उपलब्ध गराएको ब्याग र मोटरसाइकल सहित बिना कारण पक्राउ गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल रिहा गर्न माग गरेका छन् । भण्डारीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘कुनै पनि व्यक्तिले आफ्नो रोजगार, व्यवसाय गर्न पाउने संविधानप्रदत्त हकअधिकारको बेवास्ता गर्दै कुनै पनि कानुन व्यवसायीलाई बिनाआधार पक्राउ गर्ने कार्य मानवअधिकारको गम्भीर उल्लङ्घन भएको कुरा यस अभियान नेपालले ठहर गर्दै यस कार्यको गम्भीर रूपमा भत्र्सना गर्दछ । मानवअधिकारको संरक्षण र संवद्र्धन गर्ने कार्यमा राज्यले संवेदनशीलता देखाउँदै पक्राउ गरिएका अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गर्न र निजको मानवअधिकारको संरक्षण गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सबै पक्षसँग यस जनअधिकार अभियान नेपाल जोडदार माग गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]