अध्यक्ष ढकालको गैरन्यायिक गिरफ्तारीबिरुद्ध अखिल क्रान्तिकारीद्वारा चरणबद्ध संघर्षका कार्यक्रमको घोषणा

२०७७ जेष्ठ २२ गते, बिहीबार

काठमाडौँ, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई सरकारले बुधबार बिनाकारण गिरफ्तार गरेको भन्दै चरणबद्ध संघर्षका कार्यक्रमको घोषणा गरेको छ । उक्त विधार्थी संगठनका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टले विज्ञप्ति जारी गर्दै ओली नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारको आगमन पश्चात देशभक्त क्रान्तिकारी शक्तिहरुलाई प्रतिबन्धित गर्ने, छानीछानी गिरफ्तार गर्ने यातना दिने र जबर्जस्त आफ्ना अड्डा अदालत, प्रहरी प्रशासनको प्रयोग गरी षड्यन्त्रपूर्वक झुटा मुद्दामा फसाउने जस्ता निन्दनीय र अमानवीय कार्य गर्दै आएको छ र यसको जति निन्दा गरेपनी अपुग हुने बताएका छन ।
उनले जेठ २१ गते दिउँसो रुकुम नरसंहारविरुद्धमा आयोजना गरिएको कार्यक्रममा उपस्थित हुँदा माइतीघरमण्डलाबाट आफ्नो संगठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरी प्रशासनले गिरफ्तार गरेको बताउदै राजनीतिक आस्था राखेको आधारमा गरिएको गैरन्यायिक गिरफ्तारीको घोर भत्सर्ना गर्दै बिनासर्त अविलम्ब रिहाइको माग गरेका छन ।
अखिल क्रान्तिकारीले उक्त गैरन्यायिक गिरफ्तारीको विरोध गर्दै अध्यक्ष चिरञ्जीवी ढकाललाई तत्काल रिहाईको लागि संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
प्रेस विज्ञप्ति मार्फत केन्द्रिय उपाध्यक्ष रुद्र भट्टले २०७७ जेठ २३ गते सामाजिक संजालमा कालो व्यानर राख्ने । २०७७ जेठ २५ गते गैरन्यायिक गिरफ्तारिको विषयमा सामाजिक संजालमार्फत अन्तरक्रिया गर्ने र, २०७७ जेठ २७ गते सामाजिक दुरि कायम राख्दै सम्पुर्ण जिल्लामा कोणसभा गर्ने , २०७७ जेठ २९ गते सामाजिक दुरि कायम राख्दै देशव्यापी मसाल जुलुस निकाल्ने जानकारी दिएका छन् ।
यसैबीच, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले अभद्र मुद्दा लगाएको छ । ढकाललाई आज जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद दिएको छ भने ढकालको उक्त गैरन्यायिक गिरफ्तारीको विरोध गर्दै सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको बुझिएको छ।

प्रतिक्रियाहरु

[anycomment]