एमसीसीविरुद्ध देशव्यापीरुपमा बिरोध प्रदर्शन हुदै

२०७७ असार ५ गते, शुक्रबार

काठमाडौँ , ५ असार । एमसीसीविरुद्ध संघर्षको शंखघोष गरेको नेपाल कम्युनिस्ट पार्टीले आज मध्यान्ह देशव्यापीरुपमा बिरोध प्रदर्शन गर्ने लागेको छ । पार्टीले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको एमसीसी सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दै सरकारी नेकपा लगायत सबै राजनीतिक दललाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह समेत गरेको छ । उसले एमसीसीको बिरुद्धमा उत्रन आम नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवि र राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन आव्हान गर्दै आउदो असार ५ गते पार्टीले देशव्यापीरुपमा गर्न लागेको बिरोध प्रदर्शनमा सहभागी हुन् समेत सबैलाई आग्रह समेत गरेको छ ।
यसअघि सो पार्टीले पहिलो चरणको संघर्षका कार्यक्रमअन्तर्गत जेठ १९ र २० गते देशब्यापी रुपमा एमसीसी सम्झौता र २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाएको थियो भने २२ गते देशब्यापी रुपमा पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकालेको थियो भने जेठ २८ गतेदेखि देशव्यापी रुपमा पोस्टर टाँस्ने कार्य गरि रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]