अखिल क्रान्तिकारीद्वारा अनलाइन शिक्षाका नाममा शुल्क लिएको भन्दै प्रदर्शन र कोण सभा

२०७७ असार २५ गते, बिहीबार

काठमाडौं , २५ असार । नेकपा निकट अखिल ( क्रान्तिकारी) मेचि-कोशी अन्तरगतका झापा, मोरङ , सुनसरी जिल्लाले अनलाइन शिक्षाका नाममा शुल्क लिएको भन्दै पम्प्लेट सहित प्रदर्शन गरेको छ । । कोरोना महामारीका बेला अव्यवस्थित पठन-पाठन गरी लकडाउनको समयमा पनि शूल्क असूलीको धन्दा अघि सारेर विद्यार्थी तथा अभिभावक माथि मानसिक एवं आर्थिक शोषण बन्द गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको हो । शैक्षिक दलालहरु होसियार ! अनलाइन शिक्षाको नाममा शुल्क असुली बन्द गर ! पठन-पाठनमा नया आयाम र एकरुपताको ग्यारेन्टि गर ! व्यवस्थित परिक्षाको तयारी गर्ने कि टुलुटुलु हेरेर बस्ने सरकार ! जस्ता नाराहरु सहित प्रदर्शन सम्पन्न गरेको छ।
मेची- कोशी क्षेत्रीय समन्वय समितिले घोषणा गरेको कार्यक्रमअन्तरगत कोण सभा पनि सम्पन्न गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]