काठमाडौ उपत्यकामा बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निधेषाज्ञा

२०७७ भाद्र २ गते, मंगलवार

काठमाडौं । काठमाडौ उपत्यकामा बुधबार बेलुका १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी हुने भएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञा लागू गर्न लागिएको हो । आज काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला( काठमाडौँ, भक्तपुर र ललितपुर)मा भदौ ३ गते रातिदेखि भदौ १० गतेसम्मका लागि निधेषाज्ञा जारी गर्ने निर्णय गरेका हुन्।
काठमाडौ, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले भदौ १० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बैठकले निषेधाज्ञा लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
त्यस्तै, खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिने भएकाे छ । निषेधाज्ञा अवधिभर कुनै जात्रा, चाडपर्व मनाउन, भेटघाट गर्न, भीडभाड गर्नमाथि निषेध गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]