नेकपाद्वारा अवैधरुपमा बालुवा उत्खनन गर्ने स्काभेटरमा आगजनी,अध्यक्षलाई जनकारबाही गर्ने चेतावनी

२०७७ भाद्र ८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अवैध रुपमा बालुवा उत्खनन गर्ने स्काभेटर आगजनी गरी गाउँपालिकाका अध्यक्षलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । सो पार्टीको नुवाकोट जिल्लाले बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो । घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टीले कारबाही गर्नुको कारणसहित छाडिएको पत्रमा दुई वर्षअघि नेकपाले कब्जा गरेको जग्गाबाट राजेन्द्रले अवैध रुपमा बालुवा उत्खनन गरेको, समाजमा चरित्रहीन कार्य गरेको, पार्टीविरुद्ध सुराकी गरेको तथा सोझासीधा जनतालाई अनावश्यक दुःख दिएको उल्लेख गरिएको छ ।


यसैगरी नेकपाले विज्ञप्ति जारी गर्दै म्यागङ गाउँपालिका कार्यालयको स्टोर शाखामा गत वैैशाख ८ गते दिउँसो भएको आगलागीको घटना गाउँपालिकाका अध्यक्ष आशा तामाङले गराउन लगाई नेकपामाथि दोष थोपर्ने कार्य गरेकोले तत्काल गल्ती सच्याई माफी माग्न र नमागे जनकारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]