‘ मार्क्सवाद र नेपालको संबिधान ‘ बिषयक गोष्ठी सम्पन्न : राजनैतिक पार्टीमाथिको प्रतिबन्ध नाजायज भएको ठहर

२०७७ आश्विन १० गते, शनिबार


काठमाडौं । माक्र्सवादी एकता अभियानको आयोजनामा ” मार्क्सवाद र नेपालको संबिधान ” बिषयक गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठीका वक्ताहरुले राजनैतिक पार्टीको प्रतिबन्ध नाजायज भएकोले प्रतिबन्ध फुकुवा हुनुपर्ने र गैर न्यायीक थुनछेक हत्या बन्द गर्नुपर्ने तर्फ पनि जिड दिएका थिए ।
गोष्ठीमा वरिष्ठ कानुन ब्यबसायी डा युबराज संग्रौला ,एकराज भण्डारीलगायत विभिन्न राजनैतिक पार्टीका नेताहरुको सहभागिता थियो । क्रान्तीकारी माओवादीको तर्फबाट सि पि गजुरेल ,मालेका सि पी मैनाली ,नेकपा ( ऋषि कट्टेल) लोक नारायण सुवेदी,किसान संगठन ( मसाल) का भैरब रेग्मी बोल्सेबिक पार्टीबाट रबिन्द्र श्रेष्ठ ,मसालका रामप्रकाश पुरी, सर्बहारा कम्युनिस्ट पार्टीका भावना बिद्रोही र दलिल मुक्ति मोर्चाबाट डम्बर बि क को बक्ताको रुपमा सहभागिता थियो।कार्यक्रममा बोल्ने अधिकांस बक्ताले नेपालको संविधान समाजवाद उन्मुख भनेपनि यसको शासकिय स्वरुप संसदीय ब्यबस्था भएको र मौलिक हकका बिषयहरुमा पटकपटक सरकारले नै उलंघन गरेको कुरामा जोड दिए। यो संबिधानबाट समाजबादको उद्देश्य पूरा नहुने हुँदा यसलाई खारेज गरि नयाँ संबिधान र नयाँ समाजबादी ब्यबस्थाको निम्ति आन्दोलन र सच्चा कम्युनिस्टहरुको एकतामा जोड दिइएको थियो।राजनैतिक पार्टीको प्रतिबन्ध नाजायज भएकोले प्रतिबन्ध फुकुवा हुनुपर्ने र गैर न्यायीक थुनछेक हत्या बन्द गर्नुपर्ने तर्फ पनि बक्ताहरुले जिड दिएका थिए। माक्र्सवादी एकता अभियानको आयोजनामा भएको उक्त जुम कार्यशाला गोष्ठीको सभापतित्व अभियानका संयोजक डा श्म्भु कट्टेलले गरेका थिए भने सँस्थाको उद्देश्य बारे प्राध्यापक रमेश अधिकारीले प्रष्ट्याएका थिए । सहभागीहरुलाई धन्यवाद ज्ञापन अभियन्ता राजेन्द्र देशभक्तले गरेका थिए भने गोष्टीको संचालन तथा उद्घोषण महादीप पोखरेलले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]