नेकपाद्वारा देशभर काेणसभा सम्पन्न

२०७७ कार्तिक १५ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन्‌पछि झन्‌ उत्तरदायित्वविहीन र हदैसम्म गैराजम्मेवार बनिरहेको ठोकुवा गर्दै सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन- प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेकाले संघर्षको शंखघोष गरे बमोजिम आज देशव्यापी रुपमा कोण सभा सम्पन्न गरेको छ । सो पार्टीनिकट बिभिन्न जनवर्गीय संगठनले आज आम नागरिकलाई कोरोनाको निशुल्क जाँच र उपचारको ब्यवस्थाकाे माग गर्दै विभिन्न जिल्लामा काेणसभा गरेका छन् ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी दैलेखले पार्टीको केन्द्रीय योजना अनुसार आम नागरिकलाई निशुल्क जाँच र उपचारको ब्यवस्था गर!कोरोनाको नाममा भ्रष्टाचार र ब्यापारीकरण बन्द गर!भन्ने मुल नारा सहित आज जिल्लाका विभिन्न ठाँउमा कोण सभा सम्पन्न गरेको छ ।ठाँटीकाँध गाउँपालिकाको कोणसभालाई शरदले र आठविस नगरपालिकाको कोणसभालाई प्रकाशले सम्वोधन गरेको जानकारी नेकपा दैलेखले दिएको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले पनि उपत्यकामा पोखरा विविको उपत्यका जिल्लाले भक्तपुरको गठ्ठाघर, CTEVT जिल्लाले डिल्लीबजार, काठमाडौं जिल्लाले पेप्सीकोला र क्याम्पसले गौसालाको भण्डार खालमा कोण सभाहरू सम्पन्न गरेकाे छ ।
यसैगरी , जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समितीले पनि आम नागरिकलाई निशुल्क जाँच र उपचारको ब्यवस्थाकाे माग गर्दै आज काठमाडौंको विभिन्न ठाउँमा कोण सभा गरेको छ । संगिनको नेतुत्वमा धुम्वराही, खेम प्रधानको नेतुत्वमा बालुवाटार, निश्चल थापाको नेतुत्वमा असशन, दिपक रानामगरको नेतुत्वमा सुन्धारा, बिबस श्रेष्ठको महाराजगन्ज, प्रतिक अधिकारी नेतृत्वमा लैनचौर, रुपक श्रेष्ठको नेतुत्वमा चाबहिल, शक्ति आचार्यको नेतृत्वमा पुतलीसडक, सोलमान तामाङको नेतृत्वमा कोटेश्वर, सन्तोष गर्तौलाको नेतृत्वमा नयाँबानेश्वर, अनिल राईको नेतृत्वमा नयाँ बस्ती बौद्धमा, कान्ति गौचनको नेतृत्वमा सुकेधारामा काेणसभा सम्पन्न भएको जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]