नेकपाद्वारा विदुषीलाई तत्काल रिहा नगरे कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका व्युरो सदस्य तथा ललितपुर सेक्रेटरी विदुषीलाई गए राती आठ बजे प्रहरीले गिरफ्तार गरेको बताउदै राज्यको यस प्रकारको कार्यको घोर विरोध गर्दै विदुषीको तत्काल रिहाइको लागि जोडदार माग गरेको छ । सो पार्टीको उपत्यका विशेष ब्युरो इन्चार्ज मिलनले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। इन्चार्ज मिलनले बिज्ञप्तिमार्फत नेपाली जनताका विरुद्ध राज्यको हरप्रकारका गलत र घृणित कार्यको पार्टीले डटेर प्रतिवाद गर्ने कुरा स्पस्ट पार्दै त्यस प्रकारको परिस्थितिबाट उत्पन्न हुने परिवेशको जिम्मेवारी फासिवादी केपी नेतृत्वको दलाल पुँजीवादी सरकार नै हुने जनाएका छन ।
यस बिषयमा इन्चार्ज मिलनले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले देशमा भइरहेको राष्ट्रघात, जनघात, भस्टचार, कालोकजारी तस्करी, अनियमितताका साथै, जनता र राष्ट्रहित विपरीत केपी नेतृत्वको सरकारको दलाल फासिवादी गतिविधिका विरुद्ध आन्दोलनरत भइरहेको क्रा सर्वविदितै छ । त्यसका साथै, एकीकृत जनक्रान्तिको महान् र गौरवपूर्ण यात्रामा अघि बढिरहेको छ । पार्टीमाथिको प्रतिबन्ध लगाइसकेपछि बादल गृहप्रशासनले देशभर पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, शुभचिन्तक र सर्वसाधारण जनतामाथि गिरफ्तार गर्ने, झुट्टा मुद्दा लगाउने, जेल-हिरासत घुमाउने, अनावश्यक घर खानतलासी गर्ने, परिवारका सदस्यहरूलाई मानसिक यतना दिनेजस्ता अलोकतान्त्रिक र निर्लज्ज कार्यमा लागिरहेको छ ।
यसै सन्दर्भमा हाम्रो पार्टीका व्युरो सदस्य तथा ललितपुर सेक्रेटरी कमरेड विदुषीलाई हिजो राती कात्तिक १५ गते साँझ आठ बजे प्रहरीले गिरफ्तार गरेको छ । राज्यको यस प्रकारको कार्यको घोर विरोध गर्दै कमरेड विदुषीको तत्काल रिहाइको जोडदार माग गर्दछ । नेपाली जनताका विरुद्ध राज्यको हरप्रकारका गलत र घृणित कार्यको पार्टीले डटेर प्रतिवाद गर्ने कुरा स्पस्ट पार्दै त्यस प्रकारको परिस्थितिबाट उत्पन्न हुने परिवेशको जिम्मेवारी फासिवादी केपी नेतृत्वको दलाल पुँजीवादी सरकार नै हुनेछ ।”