युवा संगठन कालिकोटद्वारा नरबाणेको भ्रमणबिरुद्ध र्यालि र कोण सभा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन कालिकोटले भारतिय सेना प्रमुख नरबाणे नेपाल प्रवेश निषेध छ ,भारतीय सेना प्रमुख नरबाणे मुर्दावाद भन्दै कालो ब्यानर र काला झण्डा देखाएर बिरोध र्यालि र कोण सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सञ्चालन तथा अध्यक्षता युवा संगठन नेपाल कालिकोटका जिल्ला अध्यक्ष आत्मा क्षेत्री गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष आत्मा क्षेत्रीले नेपालको शक्तिशाली मोर्चाको रुपमा रहेको नेपाली सेनाले भारतिय सेनापतिलाई मानार्थ मान्नु पर्ने कुनै अर्थ नरहेको र भारतले नेपालको सिमाना अतिक्रमण नेपाल र नेपालीमाथि गरेको हस्तक्षेप सहन नसक्ने यदि नेपालमाथि भारतले अतिक्रमण गर्न खोजे युवा संगठन हतियार उठाउन बाध्य हुने बताए । कार्यक्रमका प्रमुख अथिति करणले रास्टियता चाहने सम्पुर्ण युवा शक्ति एक जुट भएर रास्टलाई बचाउन आग्रह गरेका थिए ।
