‘संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी राज्यव्यवस्था’

काठमाडौं । नेकपा ‘क्रान्तिकारी माओवादी’ का महासचिव मोहन बैद्य ‘किरण’ ले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको र यसको विकल्पमा नयाँ जनवादी राज्य व्यवस्था आवश्यक रहेको बताएका छन । माक्र्सबादी एकता अभियान नेपालले गरेको अन्तक्र्रियात्मक कार्यक्रममा महासचिव किरणले सो कुरा बताएका हुन् । नेता किरणले क्रन्तिकारी शक्तिहरु संगठित हुने क्रम जारी रहेको र आफू त्यसका लागि प्रयत्नरत रहेको जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा नेता किरणले आफ्नो पार्टीको अवधारणाबारे पनि संक्षेपमा जानकारी गराएका थिए । अवधारणासँग जोडिएर नेकपा(क्रान्तिकारी माओबादी) को रणनीति र कार्यनीति बारे सहभागीहरुबाट जिज्ञाशा राखिएका थिए । २ घण्टा चलेको अन्तरक्रियात्मक कार्यक्रममा नेता किरणले संसदीय पद्धतिलाई नै सबै उपलब्धी ठानेर जनगणतन्त्रको उपलब्धी हासिल गर्ने आवश्यकताबोध नगर्नु नै वर्तमान सत्तासीन पार्टीको कमजोरी रहेको धारणा राखेका थिए । उनले क्रान्तिकारीधारका कम्युनिष्ट पार्टीहरुलाई एकत्रीत गरेर अगाडि बढ्न आवश्यक भएको बताए । कार्यक्रममा नेता किरणसँग अभियानका सचिवालय सदस्यहरु महादिप पोखरेल, बाबुराजा महर्जन र रघु घिमिरे,सचिव राजेन्द्र देशभक्त, अभियानका सल्लाहकारहरु प्रोःओम गुरुङ र नारायण शर्मा,पे्रम संग्रौला र बिदुर शर्मा लगायतले आ—आफ्ना जिज्ञाशा राखेका थिए । नेता किरणले सबैका जिज्ञाशाहरुको सविस्तार जवाफ दिएका थिए ।
कार्यक्रमको अध्यक्षता अभियानका संयोजक डाःशम्भु कट्टेलले गरेका थिए भने सह–संयोजक प्राःरमेश अधिकारीले अभियानको अवधारणाबारे संक्षिप्त जानकारी गराउँदै स्वागत मन्तब्य दिएका थिए। कार्यक्रमको संचालन अभियानका प्रवक्ता निमकान्त पाण्डेले गरेका थिए ।