नेकपाका कार्यकर्तामाथि गोली प्रहार

काठमाडौं । संखुवासभामा शसस्त्र प्रहरी र जनपद प्रहरीको सँयुक्त गस्तीटोली नेपाल कम्युनिष्ट पार्टीका राजनीतिक प्रशिक्षण तथा जनश्रमदानमा सक्रिय रहेका युवाहरुमाथि धरपकड गर्नुका साथै गोली प्रहार गरेको बताइएको छ । संखुवासभाको चैनपुर नगरपालिका ४ मैदानेमा गस्तीमा गएको प्रहरी टोलीले १५ -१६ राउण्ड फायर गरेपनि मानवीय क्षति नभएको बताईएको छ ।
यसैगरी , प्रहरीले नेपाल कम्युनिष्ट पार्टी संखुवासभाका इन्चार्ज युबराज राईको घरमा छापा मारेको बताइएको छ। प्रहरीले घरमा छापा मार्ने क्रममा राईको बहिनिमाथि निर्घात कुटपिट गरेको प्रहरीको कुटाईवाट उनको ढाड भाचिएको र उनि अचेत रहेको बताइएको छ।