‘ नक्कली भिडन्तको आवरणमा सर्वसाधारणमाथि दमन चलाउने कार्य असाध्यै निन्दनीय ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले सो पार्टीका जिल्ला सेक्रेटरी युबराज राईको घरमा प्रहरीले सर्वसाधारणमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी वहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचैर अचैत अवस्थामा पुन्याएको भन्दै यस किसिमको ज्यादतीपूर्ण कार्यको घोर निन्दा र भत्संना समेत गरेको छ । साथै उक्त घटनालाई दोहोरो भिडन्त भएको दाबी र समाचारको पनि खण्डन गर्दै नक्कली भिडन्तको आवरणमा सर्वसाधारणमाथि दमन चलाउने कार्य असाध्यै निन्दनीय भएको जनाएको छ ।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “आज सङ्खुवासभा जिल्लाको चैनपुर नपा ४ मैदानेमा हाम्रो पार्टीका जिल्ला सेक्रेटरी युबराज राईको घरमा गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी वहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचैर अचैत अवस्थामा पुन्याएको छ । हाम्रो पार्टी यस किसिमको ज्यादतीपूर्ण कार्यको घोर निन्दा र भत्संना गदछ । साथै उक्त घटनालाई दोहोरो भिडन्त भएको दाबी र समाचारको पनि खण्डन गर्दछ । यसरी नक्कली भिडन्तको आवरणमा सर्वसाधारणमाथि दमन चलाउने कार्य असाध्यै निन्दनीय छ ।
देशको वर्तमान संवेदनशील अवस्थाको गहन विश्लेषण र नयाँ नीति तर्जुमा गर्नेबारे अध्ययन भइरहेको स्थितिमा भएको यस घटनाले पार्टीलाई गम्भीर वनाएको छ । सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने, उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गरिने विषयसमेत सम्बन्धित सबैमा जानकारी गराउँछौं ।”
