चार पार्टीद्वारा वैज्ञानिक समाजवादका लागि रणनैतिक संयुक्त मोर्चा बनाउने सहमति

२०७७ पुष १५ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीसहित नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधानको विकल्पमा संघीय जनगतन्त्र तथा वैज्ञानिक समाजवादी राजनीतिक व्यवस्था स्थापनाका निम्ति रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेका छन् । रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेको चारवटै पार्टीका शीर्ष नेतृत्वको हस्ताक्षरमा मंगलबार सार्वजनिक प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
विभिन्न चारवटा बुँदामा भएको सहमति सार्वजनिक गर्दै वक्तव्यमा भनिएको छ, “अहिले देश र जनताले भोगेका समस्याहरुको वास्तविक जनपक्षीय समाधान संसद पूनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र केबल सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन । यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र संघीय जनगणतन्त्र÷वैज्ञानिक समाजवादको स्थापना हुनुपर्दछ ।”
वक्तव्यमा अगाडि लभनिएको छ, “केपी ओली सरकारको निरंकुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र आगामी कार्यक्रम शिघ्र घोषणा गरिनेछ ।”
ओलीले गरेको संसद विघटन र वर्तमान राजनीति व्यवस्थाबारे वक्तव्यमा भनिएको छ, “वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र नेपाली श्रमजीवि जनताबीचको अन्तरविरोध चर्कदै गएको छ । दलाल तथा प्रतिक्रियावादी पँुजीवादका विभिन्न गुटहरुका बीचमा पनि अन्तरविरोध चर्कदै गएको छ । दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासिवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद विघटन गरेको हो भन्ने हाम्रो ठम्याई रहेको छ । केपी ओलीको कदम निरंकुश एवं फासिवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक हो ।”
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले जारी गरेको विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “संविधान सभाले निर्माण गरेको भनिएको वर्तमान संविधानले दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको स्थापना गरेसंँगै नेपाली जनता र राष्ट्रमाथि नयाँ तरिकाबाट एकपछि अर्को तीब्र शोषण, दमन र उत्पीडन गर्दै आएको छ । कथित नयाँ संविधानअनुुसार भएको चुनावबाट खड्गप्रसाद ओलीको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै संकट थोपर्दै आएको छ । वर्तमान सत्ता, व्यवस्था र सरकारले गर्दै आएको जनघात, राष्ट्रघात र चरम भ्रष्टाचारी कदमहरुको हामीले विरोध र प्रतिवाद गर्दै आएका छौं । यही क्रममा संसदीय राजनीतिले मान्दै आएको दुई तिहाई बहुमत रहेको भनिएको कम्युनिस्टको खोल ओडेको केपी सरकारले पौष ५ गते संसद विघटन गरेको छ । पछिल्ला घटनाहरुप्रति हामी तपसिलका पार्टीहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
१) वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र नेपाली श्रमजीवि जनताबीचको अन्तरविरोध चर्कदै गएको छ । दलाल तथा प्रतिक्रियावादी पँुजीवादका विभिन्न गुटहरुका बीचमा पनि अन्तरविरोध चर्कदै गएको छ । दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासिवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद विघटन गरेको हो भन्ने हाम्रो ठम्याई रहेको छ ।
२) केपी ओलीको कदम निरंकुश एवं फासिवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक हो ।
३) अहिले देश र जनताले भोगेका समस्याहरुको वास्तविक जनपक्षीय समाधान संसद पूनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र केबल सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन । यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र संघीय जनगणतन्त्र÷वैज्ञानिक समाजवादको स्थापना हुनुपर्दछ ।
४) केपी ओली सरकारको निरंकुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र आगामी कार्यक्रम शिघ्र घोषणा गरिनेछ ।”

प्रतिक्रियाहरु

[anycomment]