नेकपाका नेता बिरही र जनपत्रकार संगठनका संयोजक बिक रिहा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘बिरही’ र जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर बिकरिहा भएका छन् । बिरही मोरङ जिल्ला अदालतको आदेशमा साधारण तारेखमा रिहाई भएका हुन् भने बिकलाई जिल्ला प्रशासन कार्यलय अछामले साधारण तारिखमा रिहा गरेको हो ।
नेकपाका नेता विरहीलाई प्रहरीले उपचारको क्रममा अस्पतालबाट मङ्सिर १८ गते ललितपुरबाट पक्राउ गरेको थियो । अदालत को आदेशमा पटक पटक रिहा भएका शर्मालाई पुनः पक्राउ गर्दै धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौँ, ललितपुर जिल्लाका हिरासतमा लिएको थियो भने जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर बिकलाई काठमाडौंको नारायणगोपाल चोकबाट पक्राउ गरि केही समय महानगरीय प्रहरी बृत महाराजगञ्जको हिरासतमा रहेका उनलाई जिल्ला प्रशासन कार्यलय काठमाडौंले साधारण तारिखमा रिहा गरे लगत्तै पुन: पक्राउ गरि प्रहरीले आछाम जिल्ला पुर्याएको थियो ।