बाँस्तोलालाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्बोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।
नेकपाका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाको तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो ।