ने.क.पा.सहित चार कम्युनिष्ट पार्टीको संयुक्त रणनैतिक मोर्चाको घोषणा हुदै

२०७७ माघ २६ गते, सोमबार


काठमाडौ । संसदिय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यका साथ संघर्षमा होमिएको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीहरू मिलेर संयुक्त रणनैतिक मोर्चाको औपचारीक घोषणा गर्ने भएका छ्न । आगामी माघ २९ गते प्रज्ञा भवन कमलादीमा नेपाल कम्युनिष्ट पार्टीसहित आहुतिको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा रणनैतिक मोर्चा घोषणा गर्ने भएका हुन्। केही समय पहिले नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै संयुक्त रणनैतिक मोर्चा गठनको घोषणा गर्ने बताएका थिए ।


प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि देशको राजनीति तरल बनेको छ । यस्तो अवस्थामा देशी–विदेशी दलालहरु देश र जनतालाई बन्धक बनाउन सक्रिय भइरहेका छन् । सरकारले जानेर वा नजानेर तिनै दलालहरुको कार्यलाई मलजल गर्दै छ । यस्तो अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले भने जस्तो एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद नै संसदीय व्यवस्थाको सही र अनिवार्य विकल्प भएको छ । अब फेरि संसद् पुनस्र्थापना वा चुनाव भनेर सचेत नागरिक भ्रमित हुनु हुँदैन । संसद् पुनस्र्थापना र चुनाव दुवै देश र जनताको लागि आत्मघाती कदम हुन् । संसद विघटनले मुलुकलाई अगाडि बढ्नका लागि पनि बाटो खुल्ला गरिदिएको छ । यस्तो अवस्थामा बिगत देखि नै ससदीय व्यवस्थावाट देश र जनताको मुक्ति सम्भब छैन भन्दै विप्लब- प्रकाण्ड नेतृत्वमा थालनी भएको एकीकृत जनक्रान्तिलाई क्रान्तिकारी, प्रगतिशील, राष्ट्रवादी र सच्चा लोकतन्त्रवादी तथा मानवअधिकारवादी शक्तिहरु एक भएर सफल तुल्याउनु निर्विकल्प भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]