रणनैतिक संयुक्त मोर्चा गठन : संघर्षको शंखघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.(क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले रणनैतिक संयुक्त मोर्चा गठन गरेका छन । १५ सदस्यीय उक्त रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सिपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, आापिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल गरी हाललाई १२ सदस्य रहेका छन भने बाँकी सदस्यहरू पछि परिपूर्ति गरिने बताइएको छ । रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिको प्रथम बैठकले अध्यक्ष र सचिव चयन गर्ने र रणनैतिक संयुक्त मोर्चाको प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहसम्म नै समितिहरू गठन गर्दै लगिने बताइएको छ । रणनैतिक संयुक्त मोर्चाको पहिलो चरणको संघर्षका कार्यक्रम यस प्रकार तय गरेको छ। जुन यस प्रकार रहेको छ – माघ २९ गते मोर्चाको घोषणा सभा – काठमाडौँ , फागुन ६ गतै जनसभा – बुटवल, रुपन्दैही , फागुन १४ गते जनसभा – धनगढी, कैलाली ,फागुन १५ गते जनसभा – इटहरी, सुनसरी र पहिलो चरणका यी कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिने बताइएको छ ।
चार पार्टीको रणनैतिक संयुक्त मोर्चाको घोषणा वक्तव्य यस्तो छ – “हालै नेकपा ।क्रान्तिकारी माओवादी), नेकपा, नेपाल कम्युनिस्ट पार्टी र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको बैठक सम्पन्न भयो । उक्त बैठकका आवश्यक निर्णयहरू यसै वक्तव्यमार्फत् सार्वजनिक गरिएको छ ।
१. हामी चार पार्टीवीचको रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने पूर्वसहमतिलाई व्यावहारिक रूप दिन ‘रणनैतिक संयुक्त मोर्चाको अबधारणा र संरचना’ सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्थीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरिएको छ। उक्त केन्द्रीय समितिमा सिपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, आपिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल गरी हाललाई १२ सदस्य रहनुभएको छ, बाँकी सदस्यहरू पछि परिपूर्ति गरिनेछ । रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिको प्रथम बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ । रणनैतिक संयुक्त मोर्चाको प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहसम्म नै समितिहरू गठन गर्दै लगिनेछ ।
२. रणनैतिक संयुक्त मोर्चाको पहिलो चरणको संघर्षका कार्यक्रम यस प्रकार तय गरिएको छ:
माघ २९ गते मोर्चाको घोषणा सभा – काठमाडौँ
फागुन ६ गतै जनसभा – बुटवल, रुपन्दैही
फागुन १४ गते जनसभा – धनगढी, कैलाली
फागुन १५ गते जनसभा – इटहरी, सुनसरी
पहिलो चरणका यी कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिनेछन् ।
३ हामी विभिन्न कम्युनिस्ट पार्टीहरू, वामपन्थी, देशभक्त तथा सच्चा लोकतन्त्रवादी शक्ति र व्यक्तित्वहरूलाई यस रणनैतिक संयुक्त मोर्चामा सामेल हुन आह्वान गर्दै सम्पूर्ण न्यायप्रेमी तया आमूल परिवर्तनका पक्षधर जनसमुदायलाई जन संघर्षमा लामवढ हुन हार्दिक अपिल गर्दछौं ।”
