‘व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ ‘

२०७७ फाल्गुन २७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पुंजीवादी व्यवस्था वा वैज्ञानिक समाजवादी व्यवस्थाबारे फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने बताएका छन । महासचिव ‘विप्लव’ले सरकारसंग ३ बुदेँ सहमति भएर सार्वजनिक भएपछि रातो खबरलाई पहिलो अन्तरवार्ता दिँदै संसदीय पुंजीवादी व्यवस्था असफल भएको र आफ्नो यो विद्यमान संविधान र व्यवस्थालाई मानेर वार्तामा नआएको कुरा स्पष्ट पारेका छन् । विप्लवले ओली सरकारमा सहभागिताबारे आफ्नो पार्टीले सोच्दै नसोचेको कुरा समेत बताएका छन् ।कुराकानीको क्रममा महासचिव विप्लवले नेपाल सरकारसँग वार्तामा आफ्नौं कयौं एजेण्डाहरु राख्न बाँकी रहेको कुरा बताउँदैं अहिले नैं आफ्नो पार्टीबारे गलत धारणा नबनाउन सबैमा अनुरोध गरेका छन् ।यही व्यवस्था कि अर्को के भन्ने बहस चलिरहेको बेला नेकपा महासचिव विप्लवले यो दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेबारे जनमत संग्रह हुनु पर्ने बताए ।एकीकृत जनक्रान्ति रोकिएको हो कि के हो भन्ने सोधिएको प्रश्नबारे महासचिव विप्लवले आफ्नो पार्टीले त्यसलाई नयाँ शिराबाट विकास गर्न खोजेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]