नेकपाद्वारा यथासिघ्र सम्पूर्ण नागरिकलाई कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन माग

२०७८ असार २१ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यथासिघ्र सम्पूर्ण नागरिकलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ।  सो  पार्टीका प्रवक्ता प्रकाण्डले आइतबार प्रधानमन्त्री केपी ओलीसंगको  भेटवार्तामा सो माग गरेका हुन् ।  प्रवक्ता प्रकाण्डले जनता कोरोना महामारीवाट  आतंकित भै रहेको बेला  लक्डाउन  अस्थायी बिकल्प भएकोले यसको दीर्घकालिन समाधान गर्न खोप अनिबार्य भएकोले बढीमा एक बर्षभित्र सम्पूर्ण नागरिकलाई खोप लगाउने व्यवस्था मिलाउन आग्रह गर्दै   त्यस कार्यका लागि आफ्नो पार्टीले आबश्यक सहयोग गर्ने बताएको र प्रधानमन्त्री  ओलीले त्यस कार्यको लागि सरकार गम्भीर भएर लागेको  जवाफ दिएको बताइएको छ। 

 प्रधानमन्त्री   ओलीसंगको  सो भेटवार्तामा प्रवक्ता प्रकाण्डले बाढी – पहिरोलगायत प्राकृतिक प्रकोपवाट ज्यान गुमाएका परिवारलाई सरकारले कम्तिमा दुई लाख रुपयाँ राहत  दिनुपर्ने , घरबारविहिनलाई तत्काल बसोबासको व्यवस्था मिलाउन  र जोखिममा परेका बस्तीलाई सुरक्षित ठाउमा स्थान्नातरण योजना बनाई तत्काल कार्यान्वन गर्न  आग्रह गरेको र प्रधानमन्त्री   ओलीले त्यसलाई गम्भीरतापुर्वक लिएको बताइएको छ ।  यसैगरी प्रवक्ता प्रकाण्डले हाल देशमा घटिरहेका छुवाछुतका घटना  र पछिल्लो समय रुपा सुनार घटनामा सरकारका मन्त्रीसमेत  मुछिएको प्रसङ्ग उठाउदै यस्ता समस्यालाई सरकारले तत्काल दीर्घकालीन समाधान दिने गरी कदम चाल्न ध्यानाकर्षण गराएको बताइएको छ ।

 प्रधानमन्त्री ओलीसंगको  भेटवार्तापछि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले पत्रकारहरुसंगको भेटमा नेपाल कम्युनिस्ट पार्टीले अहिलेको राष्ट्रिय राजनीतिमा सरकारसंग सहमति गरेर शान्तिपूर्ण ढंगले राजनीतिक , आर्थिक , सामाजिक र सास्कृतिकलगायत सबै समस्याको हल गर्ने नीति अबलम्बन गरेको बताए।  उनले आफ्नो पार्टीको यस  कार्यबिरुद्ध षडयन्त्र  गरे ति तत्वहरुले राष्ट्रिय राजनीतिमा ठूलो मुल्य चुकाउनु पर्ने समेत बताए ।  उनले देशको राजनीतिक समस्या  असाधै जटिल भएको र साम्राज्यवादी हस्तक्षेप र दलाल तत्वहरुको  षडयन्त्र अत्यधिक बढेर गएको निष्कर्षमा पार्टी र सरकार दुवै एकै ठाउमा पुगेको बताए । 

यसैगरी , प्रवक्ता प्रकाण्डले तीन बुँदै सहमति कार्यान्वयनको विषयमा गम्भर समिक्षा भएको बताउदै तीन बुँदै सहमति कार्यान्वयन गर्ने र राष्ट्रिय  राजनीतिक समस्याको समाधानका निम्ति  गम्भीरताका  साथ लाग्न सरकार र पार्टी दुवै सहमत भएको बताए।  उनले बन्दीहरु रिहा गर्ने सम्बन्धमा संबैधानिक र कानुनी जटिलता हल गर्दै एक हप्ताभित्र परिणाम आउने गरी कार्य गर्ने सहमति भएको समेत बताए। 

यसैगरी , प्रवक्ता प्रकाण्डले  देशको राजनीतिक समस्याको नयाँ , क्रान्तिकारी र अग्रगामी  समाधान खोज्ने बिषयमा समेत प्रधानमन्त्री केपी ओलीसंग छफल भएको बताए । 

प्रतिक्रियाहरु

[anycomment]