‘एसएसबीले तुईन काटेर धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटनाको सत्यतथ्य सार्वजनिक गर’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटनाप्रति गम्भिर रुपमा आकर्षित भएको जनाउदै उक्त घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्धनको दृष्टिकोणले गम्भिर, अक्षम्य र निन्दनीय बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार एक बिज्ञप्ति जारी गर्दै उक्त घटनाको तदारुकताका साथ छानवीन गरि सत्यतथ्य नेपाली जनतासामु सार्वजनिक गर्न सरकारसंग जोडदार मागसमेत गरेका छन ।
प्रवक्ता प्रकाण्डले सिमा क्षेत्रमा भारत सरकारका सुरक्षा र प्रशासनीक निकायहरुले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध विगतमा घटार्ईएका जति पनि घटनाहरु छन त्यसमा भारतीय साम्राज्यवादी शासकवर्गको दृष्टिकोण र व्यवहार उदाङ्गीदै आएको बताउदै जय सिँह धामीको घटना पनि त्यसैको उपज भएको ठोकुवा गरेका छन । प्रवक्ता प्रकाण्डले तुईन घटनाको वास्तविक छानविन, दोषी माथि कडा कारवाही, पिडीतलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी संघर्षमा उत्रन पार्टीपंति र आम नेपाली जनतामा जोडदार आह्वानसमेत गरेका छन ।
