नेकपाद्वारा एमसीसीविरुद्ध सङ्घर्षको शंखघोष : २८ गते विशाल जनप्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध सङ्घर्षको शंखघोष गरेको छ। सो पार्टीले भदौ २३ गते बुधबार देशव्यापी रुपमा कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने र भदौ २८ गते देशव्यापी विरोध प्रदर्शनसहित काठमाडौँमा बिशाल जन प्रदर्शन गर्ने बताएको छ ।
