‘एकीकृत जनक्रान्तिको कार्यदिशा विजयी बन्दैछ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिको कार्यदिशा विजयी बन्दै गएको ठोकुवा गरेका छन । प्रवक्ता प्रकाण्डले शनिबार अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनमा सहभागी विद्यार्थीलाई प्रशिक्षण दिँदै सो ठोकुवा गरेका हुन । प्रवक्ता प्रकाण्डले समकालीन सम्पूर्ण विद्यार्थी सङ्गठनलाई नेतृत्व गर्न सक्ने र पाँच सयभन्दा बढी प्रतिनिधि÷पर्यवेक्षकको उपस्थितिमा सम्मेलन गर्न सक्नु अखिल क्रान्तिकारी र एकीकृत जाक्रान्तिको कार्यदिशा विजयी बन्दै गएको प्रमाण रहेको बताए । विद्यार्थीलाई निर्देशन दिँदै उनले दलाल व्यवस्था पल्टाएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने कार्यदिशा लिएर गाउँमा पुगेपछि किसान, मजदुर, विपन्न, आमबाबाको पीडा बुझ्न, सहकार्य गर्न र दलालविरुद्ध निरन्तर लड्न प्रोत्साहन गरे । विरोधीहरूले हिजो प्रचण्डले मान्छे मा-यो, अब विप्लव त्यो दिशामा हिँड्दैछन् भनेर फैलाएको भ्रमका बारेमा आमा मोतीमाया पोडेलले दिएको सुझाव अघि सार्दै उनले भने, ‘हामी मान्छे मार्ने मान्छे होइनौँ । कम्युनिस्ट जति शान्तिप्रिय कोही हुँदैनन् । बन्दुक बोकेका शासकहरूले बन्दूले दुःख दिइरह्यो र जनतालाई आजित पारिरह्यो भने आवश्यकताअनुसार बन्दुकबाट तह लाउने मान्छेहरू हौँ ।’
प्रवक्ता प्रकाण्डले प्रचण्डले देश र श्रमजीवी जनताको आवश्यकता पूरा गरिदिएको भए र जनता र वगर्कलाई धोका नदिएको भए आफ्नो पार्टीको जन्म नै नहुने प्रस्ट पारे । उनले जथाभाबी कुरा नगर्न चेतावनी दिँदै संसद्वादी दलहरू तीन महिनासम्म पनि सरकार बनाउन नसक्ने गरी छिन्नभिन्न हुँदै विघटनको दिशातर्फ अग्रसर भएको र संयुक्त प्रगतिशील सरकारले गराउने जनमततसंग्रहको चुनावले गर्लम्म ढालिदिने विश्वास व्यक्त गरे । विद्यार्थी नेताहरूलाई निरन्तर देश र जनताको सेवा तल्लीन रहन निर्देशन दिँदै प्रकाण्डले भने, ‘तपाईंहरूले राम्रो काम गर्दै गएपछि काङ्ग्रेस, एमालेलगायत दलमा भ्रमित भएर बसेका विद्यार्थी र जनता सबै नेकपामा आउननेछन् ।’ व्यवस्थाका बीच जनमतसङ्ग्रह गर्दा अवश्य आफूहरूको विजय हुने सुनिश्चित रहेको उनले बताए । वैज्ञनिक समाजवादी शिक्षाबारे चर्चा गर्दै प्रवक्ता प्रकाण्डले यो दलाल पुँजीवादी सत्ता अन्त्य गरेर मुलुकमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने शिक्षा रहेकाले वैज्ञानिक समाजवादका पक्षधर विद्यार्थी गाउँ प्रवेश गर्दा नै जनताले राहत र न्यानो अनुभूति गर्नुपर्ने धारणा राखेका थिए ।