नेकपा र सरकारबीच ३ बुँदे सहमतिलाई मुर्तरुप दिन थप छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच ३ वुंदे सहमतिलाई मुर्तरुप दिन थप छलफल भएको छ । नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच ३ वुंदे सहमतिलाई मुर्तरुप दिन आज भएको छलफलमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट प्रवक्ता प्रकाण्ड र सरकारको तर्फवाट गृहमन्त्री बालकृष्ण खाॅड, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु र महान्यायाधिवक्ता खम्मबहादुर खाती सहभागी भएका थिए । गत कार्तिक २ गते नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाॅडलगायतका सरकारी टोलीसंग ३ वुंदे सहमति यथाशिघ्र छिटो कार्यान्वयन गर्ने सहमति भए बमोजिम आज थप छलफल भएको बताइएको छ।
आजको छलफलमा गृहमन्त्री बालकृष्ण खाॅडले अहिलेसम्म ३ बुंदे सहमति कार्यान्वयनका बिषयमा भएका कार्यहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको र प्रधानमन्त्री देउवाले अहिलेसम्म गरेका कार्यका लागि धन्यवाद दिदै बाकी काम तत्काल टुङ्ग्याउन निर्देशन समेत दिएको जानकारी दिएका थिए ।

यसैगरी , गत कार्तिक २ गते नेकपा र सरकारी टोलीबीच भएको सहमति बमोजिम आजको छलफलमा नेकपाका बन्दी नेता – कार्यकर्ताको रिहाइ र मुद्दा खारेजको लागि महान्याधिवक्ता कार्यालयमार्फत देशभरका अदालतमा नेकपाका नेता – कार्यकर्तामाथि लगाइएको मुद्दाको रेकर्ड झिकाउने , गृह मन्त्रालयमार्फत देशभरका जिल्ला प्रशासन कार्यालयमा रहेका मुद्दाहरुको बिबरण झिकाउने र नेपाल कम्युनिष्ट पार्टीले पनि देशभर जेल र हिरासतमा रहेका आफ्ना नेता – कार्यकर्ताहरुको बिबरण लगायत देशभर नेकपाका नेता- कार्यकर्तामाथि लगाइएको बिबरण संकलन गर्ने सम्बन्धमा भएका प्रगतिको बारेमा समेत समिक्षा भएको बताइएको छ भने बाकी काम यथासिघ्र टुंग्याई छिट्टै अर्को बैठक बस्ने सहमती समेत भएको बताइएको छ।
यसैगरी, आजको छलफलमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले हालै प्राकृतिक प्रकोपमा परेका जनतालाई उचित क्षतिपूर्ति , राहत र व्यवस्थापन गर्न सरकारले कुनै कसर बाकी राख्नु नहुने भन्दै तत्काल ठोस कार्य थाल्न सरकारको ध्यानाकर्षण गराएको समेत बुझिएको छ।