‘शहिदको सपना पुरा गरेरै छाड्छौ ‘

२०७८ कार्तिक १० गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले शहिदको सपना पुरा गरी छाड्ने प्रतिवद्धता पुन: दोहोर्याएका छन । गृह जिल्ला कालिकोट पुगेका प्रवक्ताले आज विहान जिल्लाको खुलालुका जनतासंगको संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै शहिदको सपना पुरा गरि छाड्ने प्रतिवद्धता दोहोर्याएका हुन् । प्रवक्ता प्रकाण्डले प्रचण्ड- वावुरामहरुले शहिदको सपना अलपत्र पारेको भन्दै जनयुद्ध र शहिदको सपना कुनै पनि हालतमा अलपत्र पर्न नदिने वताए । उनले कालिकोटे जनताको जनयुद्धमा ठुलो त्याग,तपस्या,र वलिदान भएको उल्लेख गर्दै फेरी क्रान्ति पुरा नभएकाले क्रान्ति पुरा गर्न लागि पर्नु पर्ने वताए ।
सो अवसरमा प्रवक्ता प्रकाण्डले खुलालुमा वन्न लागेको पुल आफु मन्त्री हुदा नै योजनामा पारेको र अहिलेसम्म वन्न नसक्नु दुखद भएको भन्दै तुरुन्त पुरा गर्न कनकाई नेपाल प्रगति जेभि कम्पनीलाई निर्देशन दिए । पुलको अनुगमन गर्दै प्रवक्ताले सरकार दलाल भएकाले विकास निमार्णका काममा ढिलासुस्ती गरेको बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]