‘राष्ट्रिय स्वाधीनताका लागी बलिदान दिन तयार ‘

२०७८ कार्तिक १३ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राष्ट्रिय स्वाधीनताका लागी आवश्यक परे बलिदान दिन तयार रहेको बताएका छन । युवा संगठन नेपालको चौंथो राष्ट्रिय सम्मेलको उद्घाटन समारोहलाई दाङमा सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन्।
महासचिव विप्लवले साम्राज्यवादीहरुले देशमाथि गिद्धेनजर लगाएको भन्दै अमेरिकाको ५० अर्बमा लोभमा देशको स्वाधीनता बेच्न नसकिने बताए ।
महासचिव विप्लवले आफुलाई लोकतन्त्रवादी भन्नेहरुले जनमत संग्रहमार्फत् जनताले आफ्नो व्यवस्था चुन्न दिनुपर्ने बताउदै ३ बुँदे सहमति सरकारले पालना नगरे जनताले आफ्नो अधिकारका लागी संघर्ष गर्ने बताएका छन् । महासचिव विप्लवले सरकारले ३ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै यसलाई इमान्दारितापूर्वक गर्नुपर्ने बताए । युवा संगठन नेपालको चौंथो राष्ट्रिय सम्मेलको उद्घाटन समारोहलाई दाङमा सम्बोधन गर्दै महासचिव विप्लवले हतियारको अनावश्यक आशंका गरेर सहमतिलाई बिषयान्तर गर्न खोजिएको बताएका छन् ।

महासचिव विप्लवले भने, “ अहिले हतियार हामीसित छैन । प्रचण्डले हतियार उतिबेलै सरकारलाई बुझाएका थिए ।” विप्लवले सहमति कार्यान्वयन गर्न नखोज्नु गलत भएको भन्दै कार्यान्वयनको विकल्प नभएको बताएका छन् । महासचिव विप्लवले प्रचण्डहरुले चुनाव जितिदैन भन्ने डरले एकताको कुरा गरेको हो भने र पार्टी सानो भएर एकता गर्न खोजेको हो भने त्यो सम्भव नभएको प्रष्ट पारे । उनले क्रान्तिकारीहरु बीच एकता आवश्यक भएको तर जनतालाई केन्द्रमा राखेर मात्र एकता सम्भव हुने बताए ।

सम्मेलनको अवसरमा नेकपाका केन्द्रीय सचिवालय सदस्य सुदर्शनले पुरानो पुँजीवादी राज्यसत्ता नढालीकन वैज्ञानिक समाजवाद ल्याउन नसकिने बताए । नेता सुदर्शनले संसदीय व्यवस्था चरम संकटमा रहेको भन्दै यसको मलामी जान तयार रहनुपर्ने बताए ।
यसैगरी , केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरले देशलाई अगाडी बढाउने विकल्प जनमत संग्रह भएको भन्दै यो प्रस्तावलाई अस्वीकार गर्नेहरु पञ्चायतीहरु भन्दा पनि प्रतिगामी भएको बताए ।
सम्मेलनमा नेकपा केन्द्रीय सदस्य कृति, शीतललगायतले सम्बोधन गरेका थिए । संगठनको सम्मेलन १५ गतेसम्म चल्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]