‘वैज्ञानिक समाजवाद अनिवार्य’

२०७८ कार्तिक १४ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्था पूर्णरुपमा असफल भएको भन्दै त्यसको ठाउँमा वैज्ञानिक समाजवाद अनिवार्य भएको बठोकुवा गरेका छन । कर्णालीका पाँच जिल्लाको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रवक्रा प्रकाण्डले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले पछिल्लो न्यायपालिकाको विवाद पनि व्यवस्था असफलताको परिणाम भएको बताए ।
यसैगरी , प्रवक्ता प्रकाण्डले वैज्ञानिक समाजवाद प्राप्तिको चुनावमा जनता सङ्गठिन गर्न कर्णालीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।


प्रवक्ता प्रकाण्डले नेपाली जनताको मुक्तिको लागि वैज्ञानिक समाजवाद भन्दा अब अर्को विकल्प नभएको बताए ।
प्रशिक्षण कार्यक्रममा डोल्पाबाहेक हुम्ला, जुम्ला, मुगु, कालीकोट र दैलेख जिल्लाका करिव दुइसय जना जिल्ला स्तरिय नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । शनिबारै कालीकोटबाहेक हुम्ला, जुम्ला, मुगु र दैलेख जिल्लाको जिल्ला समितिको बैठक पनि सम्पन्न भएको छ । बैठकमा प्रवक्ताले सम्बोधन गर्दै पार्टी योजनामा इमान्दार भएर खटिन निर्देशन दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]