नेकपाका प्रवक्ता प्रकाण्डद्वारा जनयुद्धमा प्रहरीको हतियार खोस्ने प्याउकलीको स्वास्थ्यस्थितिको जानकारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले तत्कालिन जनयुद्धमा प्रहरीको हतियार खोसेर माओवादीलाई बुझाउने विथोलडाँडा घटनाकी घाईते ७८ वर्षिय प्याउकलीसंग भेट गरेर स्वास्थ्यस्थितिको जानकारी लिएका छन । पार्टी प्रशिक्षणका लागि आफ्नै गृह जिल्लाको जन्मथलो माल्कोट पुगेका प्रकाण्डले जनयुद्धको चर्चित माल्कोट विथोलडाँडा घटनाकी घाईते ७८ वषिर्य प्याउकली विकलाई घरमै पुगेर भेटेका हुन् । प्याउकली विक २०५४ सालको चैत्र २६ गते विथोलडाँडा घटनामा टाउकोमा गोली लागेर घाईते हुनु भएकी हुन् ।
भेटका अवसरमा प्रवक्ता प्रकाण्डले प्याउकलीको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिदै जनयुद्धको महान आमा हुनुहन्छ भनि पार्टीको तर्फवाट वधाई दिएका थिए । भेटमा प्याउकलीले प्रवक्ता प्रकाण्डलाई चिन्न सकिनन् उनि आँखा नदेख्ने र कान नसुन्ने भइसकेकी छिन । प्याउकलीले आफुलाई भेट्न आएकोमा प्रकाण्डलाई धन्यवाद दिर्दै अधुरो क्रान्ति पुरा गर्न सुझावसमेत दिएकि छिन । प्याउकलीले हाम्रो शरिरको रगत वगेकोे छ त्यत्तिकै खेर जान नदिन आग्रह गरिन भने प्रवक्ता प्रकाण्डले आमाको सुझावलाई आत्मसात गर्नेछौ र रगत खेर जान दिने छैनौं भनि प्रतिबद्धता जनाएका थिए ।

तत्कालिन जनदमनका लागि माल्कोट पुगेको प्रहरीको टोलीलाई प्याउकली सहितका महिलाहरुले संगठिन रुपमा प्रतिकार गर्दै ढुङ्गा,मुडा प्रहार गरेर लखेटका थिए । महिलाहरुले प्रहरीलाई लखेट्दै कोटवाडा र माल्कोट विचको रहगाड्को एउटा ओडारमा थुनेर हतियार खोसेर तत्कालिन जनयुद्ध गरिरहेको नेकपा माओवादीलाई वुझाएका थिए । यो घटनामा कोटवाडाका काली वहादुर विकको उच्च साहदत्त भएको थियो भने प्याउकली विक सहित गोरीकला विक,राईले विक, विजया विक,मनसरा विक र पुना विक गरि ६ जना महिला प्रहरीले चलाएको अन्धधुन्ध गोली लागि घाईते भएका थिए । सो घटनामा घाईते भएकी मध्य गोरिकला विकको किलो सेरा टु अप्रेसनको वेला २०५५ साल असार ६ गते प्रहरीले हत्या गरेको थियो । घटनामा अर्का घाईते राईले विकको कालगतिमा मृत्यु भइसकोको छ । अरु वाँकी चार जना घाईतेहरु प्याउकली ,विजया, मनसरा र पुना विक हाल सम्म जीवितनै छन् । उनिहरु सवै प्रवक्ता प्रकाण्डका गाउँ माल्कोटकै स्थानीय बासिन्दा हुन् । माल्कोट पुगेका प्रवक्ता प्रकाण्डले माल्कोटमा अन्य जनयुद्धका घाइते,सहिद परिवार,वेपक्ता परिवार तथा शुभचिन्तक जनतालाई समेत भेटघाट गरिरहेको बताइएको छ ।