युवा संगठन नेपालको अध्यक्षमा पाटन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनले पाटन जंगलीको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिती निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दिनेश, महासचिवमा बिदुसी, सचिवमा तिलक र कोषाध्यक्षमा विश्लेषण रहेका छन् भने सदस्यहरुमा दिप, श्याम, बिरेन्द्र विक, भुवन कुवर, इन्द्र, नेत्र, राम, प्रविन, बिचारमान, सुवास, भरत पुलामी, अजय श्रेष्ठ, महेन्द्र सुनार, कृष्ण बहादुर श्रेष्ठ, जीवन तामाङ, राजकुमार पुतवार, धन बहादुर श्रेष्ठ, शंकर भुजेल, किरण अर्याल, निरज शाह, मदन गजमेर, कविराज यमजुङ, बिधुर शेर्पा, हर्क लिम्बू, आकाश श्रेष्ठ, सन्दिप विक, तेज लामा, मोहन कुमार राम, प्राण कुमार लामा, अविनाश, बादल, लिला शारु मगर, सन्तोष सुवेदी, खड्क सिंह, गोविन्द चन्द्र, आशिष थापा, दिपक बुढाथोकी, प्रेरणा रोकाय, तिलक पौडेल, गोबिन्द बुढा, मिनेश एडि, सागर शाही, कल्पना मल्ल, मनोज परियार, हरि बस्नेत, जिवनी चौधरी, विवेक विक, प्रकाश गिरी, डिल्ली रमण वली, मनमोहन जोशी, लोकेश धामी, हर्क बहादुर कुंवर, सुशील साउद, कविता कार्की, मकर गुरुङ, प्रमोद सिंह, प्रशान्त, बसन्त, जस्मान निर्वाचित भएका हुन् ।
सम्मेलनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले विश्वभरी संसदीय व्यवस्था चरम संकटमा पुगेको भन्दै संकट समाधानको निर्विकल्प बाटो जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद भएको बताएका थिए ।
महासचिव विप्लवले सरकार र आफ्नो पार्टीबिच भएको तीन बुँदे सहमति अक्षरंस लागू नगरे चरणबद्ध संघर्ष गर्ने उद्घोष गरे । आफूहरुसँग हतियार नभएको समेत स्पष्ट पारे । उनले भने, –हामीसँग हतियार छैन, कहाँ छ हतियार हामीसँग ? आशंकामा बोल्न मिल्छ ।
महासचिव विप्लवले आफूहरु सासंद मन्त्री बन्न नचाहेको बरु नेपाली जनतालाई मुक्त गर्न चाहेको बताए । तीन बुँदे सहमति एकीकृत जनक्रान्तिको विजयको कारणले भएको भन्दै कोही दलालहरुसँग झुकेर सहमतिमा गएको भन्ने कुतर्क गर्नेहरु प्रतिक्रियावादीहरुको कुतर्क भएको बताए । विप्लवले भने,-नेपालमा युवाहरु लड्न नसकेको होइन बरु नेताहरुले खुट्टा कमाएका हुन् ।
विज्ञान र प्रविधिलाई क्रान्तिको हतियार बनाउन सकिने भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा क्रान्तिको विज्ञान भएको विप्लवको भनाइ थियो । शरीरमा गोलि बोकेर जनमुक्ति सेनाहरु विदेशी मरुभूमिमा प्रचण्ड, बाबुरामको गद्दारीका कारणले जान बाध्य भएको दाबी गरे ।एउटा सुन्दर सपना देखाएर युवाहरुलाई आन्दोलनमा होमेर जनता र युवाहरुलाई सडकमै छोडेर प्रचण्ड बाबुरामहरु पुजीवादका ठेकदार भएको विप्लवको जिकिर थियो । समाजमा युवाहरुलाई लागुऔषधमा लठ्ठ बनाएर दलाल सत्ताका प्रतिनिधिहरुले सम्भावित सचेत विद्रोह रोक्ने र समाजमा अपराधी उत्पादन गरिरहेको महासचिव विप्लवको भनाइ थियो ।
केही अवसरवादीहरुले कम्युनिस्ट आन्दोलनका लाखौँ युवाहरुको व्यापार गरेको उनले बताए । युवा भनेको आँट, साहस, विद्रोह र रुपान्तरण हो, महासचिब विप्लवले बताए ।
चौथो राष्ट्रिय सम्मेलनबाट संगठनले तीन जना सदस्यहरुलाई बिदाइ गरेको छ । चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्यहरु सागर, सन्जीव र चट्टानलाई सम्मानपत्र सहित बिदाइ गरिएको बताइएको छ ।