नेकपाले विथोलडाँडा घटनामा सहभागी जंगे विकको उपचारमा सघाउने

२०७८ कार्तिक १७ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले हाल प्यारालाइसिस रोगले थलिएका जनयुद्धका एक कार्यकर्ताको उपचार पार्टीले गर्ने वताएका छन । प्रवक्ता प्रकाण्डले कालिकोट माल्कोटको विथोलडाँडा घटनामा सहभागी हाल प्यारालाइसिस रोगले थलिएका ५५ वर्षिय जंगे विकलाई भेटर उपचारमा चिन्ता नलिन आश्वस्त पारेका छन । विकलाई स्थानीय स्वास्थ्यकर्मीहरुले प्यारालाईसिस भएको र उपचारमा नेपालगंज वा काठमाडौ जानु पर्ने वताएका थिए । तर उनलाई आर्थिक अभाव हुदा उपचार गर्न नसकेर घरमै बसेका थिए ।
विरामी विकले प्रवक्ता प्रकाण्डलाई विशेष धन्यवाद दिर्दै पार्टीले आफ्नो उपचारको वारे सोचेकोमा हर्षित भएको वताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]