नेकपा कालीकोटद्वारा कार्तिक २१ गते जनसभाको आयोजना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालीकोटले यहि आईतबार अर्थात कार्तिक २१ गते माल्कोटको सेरापाटामा विशाल जनसभाको आयोजना गर्ने जनाएको छ । नेकपा कालीकोटले उक्त जनसभामा सहभागी हुन सम्पूर्ण कालीकोटवासी जनतालाई सार्वजनिक रुपमा अपिल गरेको छ । उक्त जनसभाको आन्तरिक कार्य पुरा भएको नेकपा कालीकोटका जिल्ला सेक्रेटरी रणदिप ऐडिले जानकारी दिए । उक्त जनसभामा प्रमुख वक्ताको रुपमा नेकपाका प्रवक्ता प्रकाण्ड रहने नेपाल कम्युनिस्ट पार्टी कालीकोटले जनाएको छ । जनसभामा अन्य वक्ताहरुमा पार्टीका केन्द्रीय सदस्य एटम,जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य विराट र अर्का केन्द्रीय सदस्य वलवानको उपस्थिति रहने नेकपा कालीकोटले जनाएको छ ।