नेकपाका प्रवक्ता प्रकाण्डद्धारा जनअस्पतालको शिलान्यास

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जनअस्पतालको शिलान्यास गरेका छन । प्रवक्ता प्रकाण्डले सोमबार बिहान कालीकोटस्थित मालकोटको सेरापाटामा जनअस्पतालको शिलान्यास गरेका हुन् । उक्त जनअस्पतालको शिलान्यास पछि प्रवक्ता प्रकाण्डले जनतालाई रोग लागेपछि उपचार नपाएर मर्नु पर्ने वाध्यतालाई अन्त्य गर्न जनअस्पतालको निमार्ण गर्न लागेको बताए। उनले ऐतिहाँसीक भूमि मालकोटले जनयुद्ध र एकीकृत जनक्रान्तिमा ठुलो भूमीका खेलेको स्मरण गर्दै सहिदहरूको सपना पूरा नभएको र यसको लागि सहयोग गर्न सम्पूर्ण मालकोटबासी जनतालाई आग्रह गरे ।

प्रवक्ता प्रकाण्डले स्वास्थ्य शिक्षा कृषि लगायतका क्षेत्रमा क्रान्तिकालमा पनि पार्टीले सक्दो सेवा जनतालाई दिइने वताउदै जनताको व्यवस्था आएपछि देशभर शिक्षा,स्वास्थ्य,रोगजार सर्वसुलभ र निशुल्क गर्ने वताए । उनले यसका लागि आफ्नो पार्टी र आफू निरन्तर संघर्ष गरिरहने र जनताका मौलिक अधिकार कार्यान्वय गर्ने प्रतिबद्धता जनाए ।
नेकपाका अबको २ महिनामै अत्याधुनिक अस्पताल निर्माण गर्ने बताएको छ । अस्पताल निमार्णका लागि स्थानीयवासी जनताले जग्गादान गरेका छन । प्रवक्ता प्रकाण्डले अस्पताल निमार्णका लागि जग्गा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिएका थिए ।
शिलान्यास कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र बिक, जिल्ला पार्टी सेक्रेटरी रणदिप, जिल्ला सचिवालय सदस्य शाहासी लगायत जग्गादाता र मालकोटबासी जनताको सहभागिता रहेकोे थियो ।
यसअघि काठमाडौवाट वोलाईएका प्राविधिहरुको टोलीले जनअस्पतालको सर्वे डिजाईन सम्पन्न गरेको थियो ।