नेकपाका प्रवक्ता प्रकाण्डद्वारा क्रान्ति पुरा गरेरै छाड्ने प्रतिबद्धता

२०७८ कार्तिक २३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले क्रान्ति पुरा गरेरै छाड्ने ठोकुवा गर्दै कुनैपनि हालतमा नेपाली जनता र सहिद परिवारलाई धोका नदिने प्रतिबद्धता पुन : दोहोर्याएका छन्। नेकपा कालिकोटले आयोजना गरेको १० वर्षे जनयुद्धमा बलिदान गरेका सहिदका घरिपरिवारसँग भेटघाट तथा छलफल कार्यकममा प्रवक्ता प्रकाण्डले सो प्रतिबद्धता पुन : दोहोर्याएका हुन्। उक्त अबसरमा प्रवक्ता प्रकाण्डले कुनैपनि हालतमा नेकपा र यसका नेताहरु प्रचण्ड बनेर नेपाली जनता र सहिद परिवारलाई धोका नदिने बताउदै आफ्नो पार्टीका अगाडि क्रान्तिबाहेक अर्को कुनै स्वार्थ नभएकाले निरन्तर संघर्ष गरिरहने नजित्दासम्म लडिरहने र शहिदको सपना भनेको क्रान्ति र परिवर्तन भएकाले आफ्नो पार्टी र नेताले प्रचण्ड जस्तै आत्मसमर्पण नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेकपा कालिकोटका सेक्रेटरी रणदिपको अध्यक्षता र प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा भएको उक्त भेटघाट तथा छलफल कार्यक्रममा केन्द्रीय सदस्य एटम, केन्द्रीय सदस्य विराट, केन्द्रीय सदस्य बलवान्, केन्द्रीय सदस्य विवेक लगायतको नेताहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा ५ वटै साविकका गाविसबाट सहिद परिवारले सुझावमूलक रिर्पोट राखेका थिए । जसमा प्रचण्डले धोका दिए जस्तै नेकपाले नदेओस्, समाजवाद ल्याउन शहिदपरिवारलाई सँगै लैजानु, शहिदको नाममा गेट, चौतारी, फिल्डहरु निर्माण गरियोस्, माओवादीले बिर्से जस्तै यो पार्टीले नर्बिसिओस् जस्ता सुझावहरु राखेका थिए ।
उक्त कार्यक्रममा प्रभात स्मृति जनकलाकारले निकै भावुक प्रस्तुती प्रस्तुत गरेका थिए र सम्पूर्ण सहिद परिवारलाई भावुक बनाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]