‘बर्तमान राजनीतिक संकटको एकमात्र समाधान जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकटको एकमात्र समाधान जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको ठोकुवा गरेका छन । सो पार्टीनिकट जनपत्रकार संगठनको पाचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरॆका हुन् । प्रवक्ता प्रकाण्डले जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने सर्तमा मात्र अन्य राजनीतिक दलसंग सहकार्य हुन् सक्ने भन्दै पछिल्लो समय माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले भने जस्तो पार्टी एकता र सहकार्यमा कुनै सत्यता नभएको प्रष्ट पारे । उनले अहिले संसदीय व्यवस्थामा संकट आएको बताउदै यसको समाधानको लागि जनमत संग्रह गर्नु अनिबार्य भएकोले यस कार्यमा सहमत हुने पार्टीसंग सहकार्य हुन् सक्ने तर माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड सहकार्यको नाममा नेपाल कम्युनिस्ट पार्टी र नेतामाथि भ्रम उत्पन्न गराउने र क्रान्ती सिध्याउने खेलमा लागेको बताए ।

प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्थाका कारण देश संकटग्रस्त अवस्थामा रहेको र राष्ट्रिय राजनीतिको केन्द्रमा जनमत संग्रह रहेको बताउदै पत्रकार मोर्चाले पनि जनमत संग्रह र बैज्ञानिक समाजवादको पक्षमा माहोल सृजना गर्न कुनै कसर बाकी राख्न नहुने बताए। उनले पत्रकार मोर्चाबिना क्रान्ति र आधुनिक समाजको परिकल्पना गर्न नसकिने बताउदै पत्रकारलाई क्रान्तिको निम्ति महात्वपूर्ण भूमिका निभाउन आग्रह गरे ।

जनपत्रकार संगठनका संयोजक शेरबहादुर बिकको अध्यक्षतामा बसेको उक्त बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा पत्रकार मोर्चाका फ्राक्सन इन्चार्ज प्रज्वलनको समेत उपस्थिति रहेको थियो । बैठकले आगामी माघ ११ देखि जनपत्रकार संगठनको राष्टिय सम्मेलन गर्ने मिति समेत तय गरेको छ ।
