एमसीसी पारित गर्ने षड्यन्त्रविरुद्ध मङ्सिर २४ गते विरोध प्रदर्शन

२०७८ मंसिर १८ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित   २६  राजनीतिक संगठनले  ‘राष्ट्रघाती एमसीसी पारित गर्ने षड्यन्त्र विरुद्ध मङ्सिर २४ गते हुने सशक्त विरोध प्रदर्शनमा सहभागी बनौं !’ भन्ने मूल नाराका साथ  संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका छन् । उक्त  संगठनहरुको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एक वक्तव्य जारी गरी विरोध प्रदर्शन कार्यक्रमको जानकारी दिएका हुन् ।

गजुरेलद्वारा शुक्रबार जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, “यही मङ्सिर १६ गते देउवा नेतृत्वको गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मङ्सिर २८ गते संसद्को अधिवेशन बोलाइएको छ । अमेरिकी उपविदेशमन्त्रीद्वारा एम.सी.सी. पारित गर्नका लागि तोकिएको समयसीमाभित्र बोलाइएको अधिवेशन त्यसै प्रयोजनका लागि हो भन्ने स्पष्ट छ । यदि यो एम.सी.सी. सम्झौता पारित भयो भने नेपालले आफ्नो स्वाधीनता गुमाउनुपर्ने र हाम्रो देश विदेशी शक्तिहरुको क्रिडास्थल बन्ने कुरा जगजाहेर नै छ । यस प्रकारको स्थिति सिर्जना हुन नदिनका लागि हामीले राष्ट्रघाती एम.सी.सी. सम्झौता खारेजीका लागि सङ्घर्ष गर्दै आएका छौं । उक्त सम्झौता संसद्मा पेस हुन र पारित हुन नदिनका लागि दबाव सिर्जना गर्न आगामी मङ्सिर २४ गते सशक्त विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेका छौं । यस कार्यक्रममा सहभागी हुन हामी सबै देशभक्त नेपालीहरुलाई जोडदार आह्वान गर्दछौं ।”

एमसीसी खारेजी आन्दोलनको व्यानरमा हुन लागेको उक्त बिरोध प्रदर्शन माइतीघर मण्डलाबाट नारा जुलुससहित सुरु भएर  नयाँ बानेश्वरस्थिति संसद भवनअगाडि पुगेर विरोधसभामा परिणत हुने बताइएको छ ।   यस आन्दोलनमा १.  नेपाल कम्युनिस्ट पार्टी  २.नेकपा (माले) ३. नेकपा (क्रान्तिकारी माओवादी) ४. नेपालका लागि नेपाली ५. उन्नत लोकतन्त्र पार्टी ६. नेपाल कम्युनिस्ट पार्टी ७. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ८. नेकपा (माओवादी केन्द्र समाजवादी) ९. नेकपा (माओवादी मोर्चा) १०. राष्ट्रिय जागरण मञ्च ११. जनसमाजवादी पार्टी १२. नेकपा (संयुक्त) १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी १४. नेकपा (बोल्शेविक) १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज १७. स्वतन्त्र राष्ट्रिय अभियान १८. नेकपा माक्र्सवादी (पुष्पलाल) १९. राष्ट्रिय जागरण अभियान २०. नेकपा (जनवादी) २१. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) २२. माक्र्सवादी एकता अभियान २३. नेकपा (माक्र्सवादी) २४. राष्ट्रिय समाजवादी मञ्च, नेपाल २५. राष्ट्रिय जागरण परिषद् नेपाल २६. समाजवादी ज्ञान केन्द्र लगायत रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]