नेकपानिकट जनबर्गिय संगठनद्वारा एमसीसीविरुद्धका संघर्षमा ऐक्यबद्धता

२०७८ मंसिर २३ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनबर्गिय संगठनहरुले राष्ट्रघाती MCCपरियोजना लागु गरिनुहुदैन भन्ने मान्यतासहित ८ कम्युनिस्ट पार्टीले घोषणा गरेको संघर्षका कार्यक्रमहरुलाई समर्थन गर्दै, आन्दोलनलाई प्रभावकारी बनाउन आम जनसमुदायलाई अपील गरेको छ । सो पार्टीनिकट अखिल नेपाल भुमिहिन सुकुम्वासी संघका अध्यक्ष ओमप्रकाश पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माईला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द, जनक्रान्तिका महान् सहिदपरिवार संगठनका अध्यक्ष खुमा सुवेदी, श्रमीक समुदाय मोर्चा, नेपालका अध्यक्ष रामलाल विक, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, युवा संगठन, नेपालका पाटन जंड्डली, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापा, जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका .अध्यक्ष टिकाप्रसाद कडेल , राष्ट्रिय उद्योग बाणीज्य महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेत, अखिल नेपाल किसान महासंघका अध्यक्ष हरी श्रेष्ठ, अध्यक्ष , जनपत्रकार संगठन, नेपालका संयोजक शेरबहादुर विक, नेपाल राष्ट्रिय वुद्धिजिवी सगठनका संयोजक ब्यापक नेपाली र राज्यद्धारा वेपत्ता योद्धा परिवार समाज नेपालका अध्यक्ष रामबहादुर थापाले संयुक्त बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।


यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीनिकट जनबर्गिय संगठनहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्ती यस प्रकार रहेको छ – “हाम्रो देशको सार्वभौमसत्तामाथि सिधै धावा बोल्नेगरी राष्ट्रघाती (एमसिसि)MCC परियोजना बोकेर अमेरिकी उत्तर साम्राज्यवाद नेपाल प्रवेश गर्ने निकै ठुलो षडयन्त्र गरिरहेको छ । अमेरिकाले हाम्रो देशको राष्ट्रिय स्वाधीनता, जलश्रोत, यातायात, विद्युत, जमिन, सैन्य, सामरिक, रणनीतिक, आर्थिक, भौगोलिक, राजनीतिक, सामाजिक तथा साँस्कृतिकरुपमा आफ्नो कुटिल षडयन्त्र गरेर औपचारिक हिसावले आफ्नो कव्जामा पार्न चाहन्छ । एकातिर डिसेम्वर १३ मा MCC को न्युयोर्क स्थित केन्द्रीय कार्यालयमा वैठक राख्नु, अर्कोतिर मङ्सिर २८ गतेने संसदको अधिवेशन आव्हानगर्ने कुरा षडयन्त्रपूर्वक MCCलाई संसदबाट अनुमोदन गर्ने हुन सक्छ । यसरी अमेरिकी साम्राज्यवादसँग नेपाली दलाल पुँजिवादी सत्ताधारीहरुले गरेको गठजोडले उनिहरुको साम्राज्यवादसँग चोचोमोचो मिलाएर नेपाली जनतालाई राष्ट्रघात – जनघातमा फसाउने र आफ्नो कुर्सीस्वार्थको आयु लामो बनाउने कुटिल षडयन्त्रको सम्पूर्ण न्यायप्रेमी ÷राष्ट्रप्रेमी जनसमुदाय एकतावद्ध हुन आवश्यक छ । कुनैपनि हालतमा राष्ट्रघाती MCCपरियोजना लागु गरिनुहुदैन भन्ने मान्यतासहित ८ कम्युनिस्ट पार्टीले घोषणा गरेको संघर्षका कार्यक्रमहरुलाई समर्थन गर्दै, आन्दोलनलाई प्रभावकारीबनाउन सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुलााई हार्दिक अपील गर्दछ ।
संघर्षका कार्यक्रमहरु ः
 मङ्सिर २७ गते MCC को काठमाण्डौ स्थित MCA कार्यालय घेराउ ।
 मङ्सिर २८ गते संसद भवन घेराउ ।
 मङ्सिर २४ देखि २६ गते सम्म प्रचार प्रसार तथा विरोध जुलुस ।
 थप संघर्षको कार्यक्रम आगामी परिस्थितिलाई हेरी तय गरिने छ । “

प्रतिक्रियाहरु

[anycomment]