एमसीसीविरुद्ध आन्दोलनमा प्रहरीद्वारा चरम दमन : नेकपाका प्रवक्ता प्रकाण्डसहित दर्जनौं घाइते र गिरफ्तार

२०७८ मंसिर २८ गते, मंगलवार


काठमाडौँ । एमसीसीविरुद्धको आन्दोलनामा प्रहरीले चरम दमन गरेको छ । प्रहरी दमनमा परी नेकपा प्रवक्ता प्रकाण्डसहित दर्जनौं घाइते र गिरफ्तार भएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले काठमाडौँस्थित संसद भवन घेराउ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नेकपाका प्रवक्ता प्रकाण्ड, केन्द्रिय सदस्य बिकल्प , नेता चिरञ्जीवी ढकालसहित दर्जनौं नेता कार्यकर्ताहरु घाइते भएका छन् भने दर्जनौंलाई प्रहरीले गिरफ्तार गरेको छ ।

६ राजनीतिक दल र दुई मोर्चाको नेतृत्वमा संसद् घेराउ गर्ने क्रममा प्रहरीसितको प्रतिरोधपूर्ण संघर्ष भएको हो । संघर्षको क्रममा नेकपा केन्द्रीय सदस्यद्धय ओमप्रकाश पुन, डबलबहादुर शाह, नेकपा क्रान्तिकारी माओवादी नेता सीपी गजुरेल, किसान सङ्गठनका केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ, अखिल (क्रान्तिकारी) सचिवालय सदस्य मदन केसि, केन्द्रीय सदस्य डिवि चन्द गोविन्द बिष्ट, लोकेश जोशी, दयाराम लुहार, सपना पुन मगर, सिटिभीटी उपाध्यक्ष प्रजित वि. जनक शाही, घनश्याम खड्का, हिक्मत परियार, नवीन बिष्ट,सुवास महत, पुर्णचन्द्र खड्का, समीर थापा, प्रजिना दर्नाल, चिरयु भेटुवाल, स्मृति कार्की, राहुल भुषन विकलगायतलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको तीन वटा ठाउँबाट एकै साथ सुरु भएको विरोध प्रदर्शनसहितको र्याली संसद भवन घेराउ गर्न पुगेको थियो ।

बबरमहलबाट जुलुस सुरु भई बानेश्वर हुँदै संसदभवन पुग्ने र्यालीको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड, पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामा, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले गरेका गरेका थिए भने मध्यबानेश्वरबाट जुलुस सुरु भई बानेश्वरस्थित संसदभवन पुग्ने र्यालीको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन, नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतले नेतृत्व गरेका थिए ।त्यसैगरी मिनभवनबाट सुरु भएको जुलुसको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल, वैज्ञानिक समाजवादीका आहुती र नेपाल कम्युनिष्ट पार्टीका नेता नविन लगायतले नेतृत्व गरेका थिए । एमसीसी विरुद्धको प्रदर्शनसहितको सबै जुलुस बानेश्वारस्थित संसदभवन नजिक प्रदर्शन गरेको थियो

प्रतिक्रियाहरु

[anycomment]