नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाद्वारा एमसीसी खारेज नभए कडा आन्दोलन गर्ने उदघोष

२०७८ मंसिर २८ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले राष्ट्रघाती MCC परियोजनालाई अमेरिकी जोवाइडन सरकारले तत्काल फिर्ता नलिए र देउवा सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)। नेपाल कम्युनिस्ट पार्टी (माले) ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एमसीसीविरुद्ध संसद घेराउ पछि जारी गरेको संयुक्त बिज्ञप्तीमार्फत सो चेतावनी दिएका हुन् । ति पार्टीले नेपाल राष्ट्रको स्वाधिनतामाथि अमेरिकी साम्राज्यवादी हस्तक्षेप गर्ने MCC परियोजना र त्यसलाई नेपालको संसदबाट पारित गराउने देउवा सरकार एवं नेपाली दलाल तत्वहरूका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज आयोजना गरेको संसद भवन घेर्ने आन्दोलनको कार्यक्रम ऐतिहासिक, जुझारु, भव्य र सान्दार रूपमा सपन्न भएको बताउदै संघर्षको कार्यक्रमलाई सफल पार्न सशक्तरूपमा सहभागी हुने पार्टीका नेता, कार्यकर्ता, संघ, संगठन, अभियन्ताहरू र आम नेपाली जनसमुदायमा हार्दिक बधाई तथा धन्यवादसमेत ज्ञापन गरेको छ । साथै आजको आन्दोलनमा प्रहरीको हस्तक्षेप र दमनका कारण नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता . प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुती, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रेम दर्नाल, नेपाल कम्युनिस्ट पार्टीका कार्यालय सचिव चिरन्जीवी ढकाल, अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाहीलगायतका नेता, कार्यकर्ता, जनता घाइते भएको जनाएको छ ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य परि थापा, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनलगायत ७३ जना नेता, कार्यकर्ता र जनतालाई गिरफ्तार गरेको जनाएको छ । उनीहरुले काठमाडौं र चितवनमा सरकारले गरेको यो निरंकुशतावादी वर्वर दमनको घोर निन्दा एवं भत्सर्ना गर्दै घाइते नेता तथा कार्यकर्ताहरूको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ भने गिरफ्तार गरिएका आन्दोलनकारीहरूलाई तुरुन्त रिहा गर्न र घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारसँग जोडदार मागसमेत गरेको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ –
“१. नेपाल राष्ट्रको स्वाधिनता माथि अमेरिकी साम्राज्यवादी हस्तक्षेप गर्ने MCC परियोजना र त्यसलाई नेपालको संसदबाट पारित गराउने देउवा सरकार एवं नेपाली दलाल तत्वहरूका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज आयोजना गरेको संसद भवन घेर्ने आन्दोलनको कार्यक्रम ऐतिहासिक, जुझारु, भव्य र सान्दार रूपमा सपन्न भएको छ । संघर्षको कार्यक्रमलाई यो स्तरबाट सफल पार्न सशक्तरूपमा सहभागी हुने पार्टीका नेता, कार्यकर्ता, संघ, संगठन, अभियन्ताहरू र आम नेपाली जनसमुदायमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं ।
२. आजको आन्दोलनमा प्रहरीको हस्तक्षेप र दमनका कारण नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता क. प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक क. आहुती, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य क. प्रेम दर्नाल, नेपाल कम्युनिस्ट पार्टीका कार्यालय सचिव क. चिरन्जीवी ढकाल, अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष क. प्रकाश शाही लगायतका नेता, कार्यकर्ता, जनता घाइते हुनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य क. परि थापा, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन लगायत७३ जना नेता, कार्यकर्ता र जनतालाई गिरफ्तार गरेको छ । काठमाडौं र चितवनमा सरकारले गरेकोयो निरंकुशतावादी वर्वर दमनको हामी घोर निन्दा एवं भत्सर्ना गर्दछौं । घाइते नेता तथा कार्यकर्ताहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । गिरफ्तार गरिएका आन्दोलनकारीहरूलाई तुरुन्त रिहा गर्न र घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारसँग जोडदार माग गर्दछौं ।
३. राष्ट्रघाती MCCपरियोजनालाई अमेरिकी जोवाइडन सरकारले तत्काल फिर्ता नलिए र देउवा सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोलनको घोषणा गर्ने चेतावनी पनि दिन चाहन्छौं । “

प्रतिक्रियाहरु

[anycomment]