एमसीसी सम्झौता खारेजीको माग गर्दै संघर्षको थप कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले सरकारले MCC सम्झौता संसदवाट पारित गर्ने प्रपन्च गरेपछि संघर्षको थप कार्यक्रम घोषणा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)। नेपाल कम्युनिस्ट पार्टी (माले) ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै संघर्षको थप कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले घोषणा गरेको संघर्षको थप कार्यक्रममा पौष ६ गते काठमाडौंलगायत देशव्यापी रूपमाविरोध प्रदर्शन र विरोध सभा गर्ने रहेको छ ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ –” MCC
सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध नेपाली जनताअविराम आन्दोलित छ । पछिल्लो शेरबहादुर देउवा सरकारले संसदको आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाएपछि हामी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा संयुक्त आन्दोलनमा छौं । गतमंसिर २८ गते नै संसदबाट पारित गराउने देउवा सरकारको योजना जनताको संघर्षको तागतले असफल भएपछि पौष ६ गते बोलाइएको संसद बैठकबाट जुनसुकै अवस्थामा पनि पारित गराई लागु गर्ने दुस्साहस पूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न संघर्षको थप कार्यक्रम घोषणा गरेका छौं । उक्त संंघर्षको कार्यक्रमलाई भव्य रूपमा सफलपार्न कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्तहरू र आम नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौ ।
कार्यक्रम ः
पौष ६ गते काठमाडौंलगायत देशव्यापी रूपमाविरोध प्रदर्शन र विरोध सभा गर्ने । “
