देशको मूख्य समस्या दलाल राज्य व्यवस्था !

काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चिरन पुन.’मिलन’ले देशको मूख्य समस्या दलाल उत्पादन सम्बन्धमा आधारित राज्यव्यवस्था भएको ठोकुवा गर्दै दिगो मूक्ति र जनवादको पूर्ण प्रत्याभूति गर्न नागरिकलाई जनमत संग्रहको माध्यमबाट व्यस्था छान्न दिनु पर्ने बताएका छन । राष्ट्रिय कर्मचारी महासंघ, नेपालले शुक्रबार आयोजना गरेको ‘विद्यमान कर्मचारीतन्त्रका समस्याहरु र राष्ट्रिय स्वाधिनताको प्रश्न’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता मिलन ले सो कुरा बताएका हुन्। नेता मिलनले भने – ‘देश रहे पो हामी रहन्छा,ै देश नै नरहे के हुन्छ, त्यसैले सम्पूर्ण देशप्रेमी कर्मचारीहरु एमसिसिविरुद्धको संघर्षमा एक ठाउँमा उभिएर नागरिक दायित्व पुरा गर्नुपर्छ ।’

एक अर्काे प्रसंगमा कोट्याउदै नेता मिलनले प्रश्न गरे – हाम्रो देश गरिब हो कि गरिब बनाइएको हो ? के देश गरिब भएको पैसा नभएरै हो त ?” उनले भने – ‘देशको मूख्य समस्या दलाल उत्पादन सम्बन्धमा आधारित राज्यव्यवस्था भएकोले दिगो मूक्ति र जनवादको पूर्ण प्रत्याभूति गर्न नागरिकलाई जनमत संग्रहको माध्यमबाट व्यस्था छान्न दिनु पर्छ। ‘
यसैगरी , नेता मिलनले राज्यसँग गरिएको तीनबुँदे पालना नगरिएको बारे संकेत गर्दै–कि तपाईहरु सुन्नुहोस कि परिस्थितिको सामना गर्न तयार हुनुहोस, भन्दै राज्यलाई इमान्दार बन्न आग्रह गर्नु भएको छ ।

त्यस्तै उक्त अन्तक्रियाका कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व मूख्य सचिव एवमं चिनका लागि पूर्व नेपाली राजदुत लिलामणी पौडेलले २०४६ को जनआन्दोलनको शुरुवात नै छिमेकी देशको प्रधानमन्त्री नेपाल आएर भएकोले आन्दोलन पछिको एजेण्डा समेत उनिहरुकै रुची अनुसार सेट गरियो र ०६२÷६३ पछि पनि त्यहि समस्या र प्रवित्ति दोहोरिएकाले मुलुकले यो अवस्थाा भोग्नु परेको बताए ।
त्यसैगरी , वरिष्ट अधिवक्ता एवं राष्ट्रिय जनअधिकार अभियान नेपालका संयोजक एकराज भण्डारीले भने – ‘संविधानमा मौलिक अधिकारबारे निकै राम्रा–राम्रा कुराहरु लेखिएका छन्, तर लागु गरिएको छैन, लागु गर्ने विक्तिकै यो राज्य नै रहन्न, लेखिएको त विश्वजनमतलाई नेपाल पनि लोकतान्त्रिक मान्यताहरु प्रति प्रतिवद्ध छ भन्ने देखाउनलाई मात्रै हो, संसदिय व्यवस्था भनेको नै यहि रहेछ ।’

उनले भने –राजनीति प्रणाली र पद्धति नै विग्रेकोले कर्मचारीतन्त्र पनि जनमूखी र सुधारउन्मुख हुन सकेन, कैयौ कर्मचारीहरु स्वच्छ र इमान्दार पनि छन, तर इमान्दारीताको उचित हिसाब किताब हुने पद्धति नै नभएपछि उनिहरु निरिह हुनु परेको छ । ”
अन्तरक्रियाका अर्कोवक्ता एवं पेशागत महासंघका सचिव डा. रिषिकेश पन्थीले कर्मचारी प्रशानसको उत्पत्ती, महत्व, यसको जनमूखी चरित्रको आवश्यकताबारे सार्वजनिक प्रशानका विद्धानहरुको धाराणाबारे उदृध गर्दै आफ्नो प्राज्ञिक विश्लेषण सहित मन्तव्य राखेका थिए भने टेड्र युनियन काँग्रेसका केन्द्रिय अध्यक्ष्य पुस्कार आचार्यले लोकतन्त्रका आधारभूत मान्यताहरुको संवैधानिक र व्यवहारिक ग्यारेण्टी बिना कर्मचारीहरुको पेशागत अधिकारको समेत ग्यरेण्टी हुन नसक्ने बताएका थिए ।


राष्ट्रिय कर्मचारी महासंघ नेपालकाका अध्यक्ष्य टोप ब. बानियाँको अध्यक्ष्यतामा भएको कार्यक्रममा सहिद परिवार समाजको केन्द्रिय संयोजक खुम सुवेदी लगायतका वक्ताहरुको उपस्थिति रहेको थियो ।
