नेकपा एकीकृत जनक्रान्तिको माध्यमवाट जनताको अपेक्षा पुरा गर्न प्रतिबद्ध

२०७८ पुष १३ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिको माध्यमवाट जनताको अपेक्षा पुरा गर्न पार्टी प्रतिबद्ध भएको बताएका छन । पार्टी प्रशिक्षणका लागि सुर्खेत पुगेका प्रवक्ता प्रकाण्डलाई जिल्ला स्थित नेकपाका नेता- कार्यकता र जनताद्वारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सो प्रतिबद्धता जनाएका हुन । प्रवक्ता प्रकाण्डले नेपाली जनताले नेकपावाट राष्ट्र र जनताको मुक्तिको दुई वटा कुराको अपेक्षा गरेको वताउदै नेपाली जनताको मुक्तिको लागि वैज्ञानिक समाजवाद भन्दा अर्को विकल्प नभएको य्होकुवा गरे । उनले भने – “एमसीसी जस्तो राष्ट्रघाती सम्झौता नेपालमा थोपरि रहेका छन । नेपालमा सैय अखडा वनाउन अमेरिका चाहिरहेको छ, नेपालका दलालहरु त्यसैमा लागेका छन । आफ्नो पार्टीको आन्दोलनले एमसीसी पारित हुन वाट रोकिएको छ ।”


प्रवक्ता प्रकाण्डले नेपालमा २०४६ साल देखि नेपाली जनताको दुख दिने संसदीय व्यवस्थाको सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिएको भन्दै स्थानीय चुनावले जनताको समस्या समाधान नहुने ठोकुवा गरे । उनले संसदीय चुनाव नभएर जनताको लागि वैज्ञानिक समाजवादी व्यस्था ल्याउने जनमतसंग्रहको चुनाव गर्न संसदवादीहरुलाई आग्रह समेत गरे ।
प्रवक्ता प्रकाण्डले नेकपाको काँधमा ऐतिहाँसीक जिम्मेवारी आएको भन्दै त्यो जिम्मेवारी पुरा गर्न सवै लाग्नु पर्ने वताउदै स्वागत गर्ने नेकपा सुर्खेतका कार्यकर्ता र जनतालाई धन्यवाद समेत दिए ।

प्रतिक्रियाहरु

[anycomment]