‘प्रचण्ड जस्तो अन्टसन्ट गर्ने व्यक्ति नेपालमा अर्को कोही छैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रचण्ड जस्तो अन्टसन्ट गर्ने व्यक्ति नेपालमा अर्को कोही नभएको भन्दै उनको वेइमानी र गद्धारीका कारण नेपालमा प्रतिक्रान्ति भएको ठोकुवा गरेका छन । नेकपा सुर्खेतको संयुक्त राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई मंगलवार वीरेन्द्रनगरमा संवोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन्। प्रवक्ता प्रकाण्डले प्रचण्डले आफ्नो पार्टी भित्रको संकट टार्न पार्टी एकताको हल्ला फैलाएको जिकिर गर्दै भने – “प्रचण्डले जनतालाई भ्रमछर्न एमसीसीको वारे वोल्दा तीन वटा कुरा वोल्ने गरेका छन । आफ्नो पार्टीमा संसोधन गरेर पास गर्न सकिन्छ , अमेरिका संग वोल्दा जसरी पनि पास गर्छौ भन्छन र अनि जनता संग वोल्दा राष्ट्रिय सहमति चाहिन्छ भन्छन ।”
यसैगरी , प्रवक्ता प्रकाण्डले पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय वन्दै गएकाले संसदवादीहरुमा जलन पैदा भएको वताउदै क्रान्ति जिन्नका लागि क्रान्तिकारी विचार,राजनीति र नेतृत्वको टिम इमान्दार श्रमजीवी वर्ग प्रति प्रतिवद्ध हुनुपर्ने र त्यो टिम अहिले नेकपामा देखेकाले संसदवादीहरु आत्तिएको ठोकुवा गरे ।
प्रवक्ता प्रकाण्डले भने – “प्रचण्डले विचार र राजनीतिमा कमजोरी गरेकाले, वर्ग विर्सिएकाले र जनताप्रति इमान्दार नभएकाले जितिसकेको १० वर्षिय जनयुद्ध प्रतिक्रान्तिमा पुग्यो । क्रान्ति भनेको दुईवटा वर्ग विचको लडाई हो । दुइ वटा वर्गका नेता विचको लडाई हो । जनताको नेता आफ्नो वर्गप्रति इमान्दार हुनुपर्छ । ”
नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको भन्दै प्रवक्ता प्रकाण्डले त्यसको ठाउँमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यसका लागि तत्काल पार्टीेले जनमतसंग्रहको चुनावको विकल्प आगाडि सारेको वताए ।
प्रवक्ता प्रकाण्डले पार्टीले एमसीसीविरुद्ध देशभर ठुलो आन्दोलन गरेको र त्यो देशभर सकरात्मक प्रभाव परेको भन्दै एमसीसी सम्झौता नेपालको हितमा नभएको र लागु गर्न सकिदैन भनेर नेपालका कोही पनि प्रमुख संसदवादी नेताहरुले भन्न नसकेकाले उनीहरु विदेशीको गुलाम भन्दा वाहिर जान नचाहेको ठोकुवा गरे ।