‘मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा भएको उल्लेख गर्दै जनपत्रकार संगठनले एकीकृत जनक्रान्ति सफल वनाउन महत्पूर्ण भूमिका खेल्नु पर्ने बताएका छन । सोमवार सुर्खेतको वीरेन्द्रनगरमा जनपत्रकार संगठन नेपालमा आवद्ध पत्रकारहरुसंगको भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले मिडिया मोर्चा क्रान्ति सफल वनाउने क्षेत्रमा विगतमा माक्र्स,लेनिनको पालामा पनि अग्रमोर्चा भएको र इतिहासमा माक्र्स,लेनिन,माओ आफैले पनि पत्रिकाको सम्पादक भएर मिडिया मोर्चा समाल्नु भएको तथ्य प्रस्तुत गरेका थिए। उनले जनताको पार्टी र नेतृत्व एकमात्र नेकपा भएकाले अहिले सिंगो राष्ट्रले आफ्नो नेकपाप्रति आसा गरेको वताउदै भने – “अब जनताको आसा नेकपाले मात्र पुरा गर्छ, आज क्रान्तिकारी विचार,पार्टी र नेतृत्व नेकपा संग मात्र छ । तपाईहरुले जनताको पक्षमा कलम चलाउनु होस् ।”
प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी महान सम्भावना वोकेको पार्टी भएको भन्दै अहिलेको व्यवस्थाको संकटको निकास पनि यहि पार्टीले उठाएको राजनीतिक एजेण्डावाट पुरा हुने ठोकुवा गरे। उनले विश्वमा क्रान्तिकारी र पूँजीवादी मान्यता वोकेका मिडियाहरु भएको भन्दै क्रान्तिकारी मान्यता वोक्ने मिडियाहरुले मात्र जनताको पक्षमा काम गर्न सक्ने वताए ।
प्रवक्ता प्रकाण्डले पूँजीवादी मान्यता वोक्ने मिडियाहरुले दलाल,भ्रष्ट र राष्ट्रघाती तत्वहरुको सेवा गरेको भन्दै त्यस विरुद्ध क्रान्तिकारी जनपक्षीय मिडियाहरु लाग्नु पर्ने वताए ।
यसैगरी नेकपाका केन्द्रीय सदस्य एटमले जनपत्रकारहरुले जनताको मुक्तिको भूमिका पुरा गर्न आग्रह गरेका थिए भने नेकपा सुर्खेतका सेक्रेटरी धुव्रले पत्रकार मोर्चा र पार्टीको मोर्चा जनताको हितमा केन्द्रीत हुनुपर्ने वताएका थिए ।