नेकपानिकट अखिल (क्रान्तिकारी)सामु मेडिकल माफिया घुँडा टेक्न बाध्य

काठमाडौँँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले मेडिकल माफियाविरुद्ध सुरु गरेको आन्दोलन सफल भएको छ । पछिल्लो समय नोबेल र काठमाडौँँ मेडिकल कलेजले विद्यार्थी र अभिभावकमाथि गरेको ज्यादतीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले संघर्षको शंखघोष गरेको थियो । अखिल क्रान्तिकारीले थालनी गरेको उक्त संघर्षमा प्रायः सबैजसो विद्यार्थी संगठन आबद्ध हुँदै आदोलन शसक्त गरेपछि सरकार विद्यार्थीको मागको सुनुवाई गर्न बाध्य भएको छ भने मेडिकल माफिया नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित सात विद्यार्थी सङ्गठन सामु घुँडा टेक्न बाध्य भएका छन् ।
नोबेल र काठमाडौँँ मेडिकल कलेजले विद्यार्थीसँग अनियमित ढंगले लाखौ रुपैयाँ असुल्न थालेपछि अखिल क्रान्तिकारीले आदोलानको सुरुवात गरेको थियो । सो संगठनले शान्तिपूर्ण ढंगले सुरु गरेको आन्दोलनलाई नजर अन्दाज गर्दै नोबेल र काठमाडौँँ मेडिकल कलेजका अध्यक्ष सुनिल शर्माले आन्दोलित विद्यार्थीमाथि गुण्डा लगाएर आक्रमण गर्न थालेपछि आन्दोलनरत विद्यार्थी त्रूmद्ध बनेका थिए र उनीहरुले नोबेल र काठमाडौँँ मेडिकल कलेजमा भौतिक रुपमा आक्रमण गरी क्षतिसमेत पु¥याएका थिए । यसरी विद्यार्थीको शान्तिपूर्ण आन्दोलनलाई नोबेल र काठमाडौँँ मेडिकल कलेजका अध्यक्ष सुनिल शर्माले दबाउन खोजेपछि विद्यार्थीले कानूनी बाटोसमेत रोजेका थिए तर शर्माले कानूनी बाटोको समेत अवज्ञा गर्दै प्रशासन र सरकारलाई समेत चुनौती दिन थालेपछि आन्दोलनरत विद्यार्थीले उनलाई सिंहदरबार परिसरभित्रै कालोमोसो दलेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सहित सात विद्यार्थी सङ्गठन काठमाडौँँ र नोवेल मेडिकल कलेजको मेडिकल विद्यार्थीमाथिको लुट र ज्यादतिबिरुद्ध एकजुट भएर अगाडि बढेपछि सरकारलाई समेत विद्यार्थीको माग सुनुवाई गर्न बाध्यकारी बन्न पुग्यो र त्यसको लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पहलकद्मी लिए । तर, शिक्षामन्त्रीलाई समेत चुनौती दिँदै मेडिकल माफिया सुनिल शर्मा आफ्नो अडानबाट पछि हटेनन् अन्ततः विद्यार्थीको आन्दोलनको बलमा सरकारले मेडिकल माफिया सुनिल शर्मालाई ठगी गरेको विषयमा पक्राउ गरी जेलमा कोच्ने तयारी गरेपछि उनी भागेर अमेरिका पुगेका छन् भने काठमाडौँँ विश्वविद्यालयले विद्यार्थीको मागबमोजिम काठमाडौँँ र नोबेल मेडिकल कलेजलाई कानुनको दायरामा ल्याउन अग्रसर भएको छ । काठमाडौँँ विश्वविद्यालयले काठमाडौँ र नोवेल मेडिकल कलेजलाई विद्यार्थीसँग अनियमित ढंगले असुलिएको रकम फिर्ता गर्नलगायत छात्राबासको विषयमा समेत कानुनबमोजिम कार्य गर्न र पठनपाठन सुचारु गर्न पत्राचार गरिसकेको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र विश्वकर्माले बताए । उपाध्यक्ष विश्वकर्माले मेडिकल माफियालाई जुनसुकै मूल्यमा तह लगाएरै छोड्ने ठोकुवा गर्दै यसै साता शिक्षा मन्त्रालय, सम्बन्धित मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच लिखित सम्झौता गरेर आन्दोलनलाई सफल बनाउन सम्पूर्ण विद्यार्थी संगठन लागिपरेको जानकारी समेत दिए ।- क्षेप्यास्त्र साप्ताहिक