नेकपाद्वारा माल्कोट-रुप्सा सडक निर्माण कार्य सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको माल्कोट- रुप्सा सडक निर्माण कार्य पुन : शुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएपछि रोकीएको उक्त निर्माण कार्य बिहिबार एक कार्यक्रमका बिच नेकपाका केन्द्रिय सदस्य कर्ण बहादुर भण्डारी( बिराट)को उपस्थितिमा शुरूवात गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)क केन्द्रिय उपाध्यक्ष नरेन्द्र बिक सहितको टोलिले कामको थालनी गरेको नेकपा कालीकोटका सेक्रेटरी मनिलाल ऐडी(रणदिप)ले बताएका छ्न ।

यसअघि खुलालु हुँदै माल्कोट सडक खण्डमा काम शुरु गरेर ६ किलोमिटर सडक निर्माण गरेको नेकपाले प्रतिबन्ध पछि बन्द रहेको थियो ।भने अहिले स्थानीय सरकारलाई चुनौती दिदै पुन कामको शुरूवात गरेको बताइएको छ । नेकपाका प्रबक्ता प्रकाण्डले केही समय गृहजिल्ला पुगेर जनअस्पताल देखि अन्य बिकाश निर्माणका कामको थालनी गर्ने घोषणा गरे अनुसार पहिलो चरणमा सडकको काम शुरूवात गरेको बताइएको छ ।सहिद मार्ग नाम दिएको उक्त २१ किमि सडक ६ महिनाभित्र सम्पन्न गर्ने बताइएको छ ।