एमसिसी संसदवाट अनुमोदन गर्ने प्रयत्न गरेको भन्दै संघर्षको घोषणा

२०७८ माघ २३ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले सरकारले राष्ट्रघाती एमसिसी सम्झौता संसदवाट अनुमोदन गर्ने प्रयत्न गरेको भन्दै संघर्षको उद्घोष गरेका छन। नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओबादी केन्द्र समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै संघर्षको थप कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुद्वारा जारी संयुक्त बिज्ञप्तिमा सरकारले राष्ट्रघाती एमसिसी सम्झौता संसदवाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध शसक्त आन्दोलन सृष्टि गर्न आम देशभक्त जनसमुदायहरुसंग गम्भीर अपीलसमेत गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले घोषणा गरेको संघर्षको कार्यक्रममा माघ २५ गते देशैभरी संयुक्त कोणसभा र २६ गते १२.०० बजे उपत्यकामा माइतीघरबाट जुलुससहित संसदभवन अगाडि विरोध प्रदर्शन र देशैभरी सदरमुकामहरुमा संयुक्त विरोध प्रदर्शन र सभा गर्ने रहेको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा माओबादी केन्द्र समाजवादीका अध्यक्ष सुशील , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ -“राष्ट्रघाती एमसिसी सम्झौताको विरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको वैठक आज २०७८ माघ २३ गते नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाण्डौंमा बस्यो । शेरवहादुर देउवा नेतृत्वको गठवन्धन सरकारले राष्ट्रघाती एमसिसी सम्झौता संसदवाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध शसक्त आन्दोलन सृष्टि गर्न आम देशभक्त जनसमुदायहरुसंग हामी गम्भीर अपील गर्दछौ
कार्यक्रमहरुः
१) मंसीर २५ गते देशैभरी संयुक्त कोणसभा
२) मंसीर २६ गते १२.०० बजे उपत्यकामा माइतीघरबाट जुलुससहित संसदभवन अगाडि विरोध प्रदर्शन र देशैभरी सदरमुकामहरुमा संयुक्त विरोध प्रदर्शन र सभा ।”

प्रतिक्रियाहरु

[anycomment]