६ दल र दुई मोर्चाद्वारा एमसीसीविरुद्ध पुन: संसद भवन घेराउको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले सरकारले अमेरिकी मालिकको खातिदारी, आफ्नो राजनीतिक चरित्र र सत्ताको आयु लम्ब्याउन पटक पटक संसदबाट MCC कम्प्याक्टलाई पारित गराउने राष्ट्रघाती र जनघाती हर्कत गरि राखेको भन्दै थप संघर्षको उद्घोष गरेका छन। नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओबादी केन्द्र समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै संघर्षको थप कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुद्वारा जारी संयुक्त बिज्ञप्तिमा फागुन ४ गते देशव्यापी संयुक्त विरोध प्रदर्शन र विरोध सभा र काठमाडौं उपत्यकाको हकमा माइतिघर मण्डलाबाट संयुक्त जुलुस प्रदर्शन र संसद भवन अगाडी नयाँ बानेश्वरमा विरोध सभा गर्ने उल्लेख गरिएको छ। उनीहरुले घोषित संर्घषको कार्यक्रमलाई सशक्त र हस्तक्षेपमूलक रूपमा सफल पार्नका लागि देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरू, देशभक्त शक्तिहरू, सच्चा लोकतन्त्रवादीहरू र आम नेपाली जनतामा सक्रिय सहभागिताको निम्ति विशेष आव्हानसमेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा माओबादी केन्द्र समाजवादीका अध्यक्ष सुशील , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ –
” अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु ले प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई ःऋऋ छिट्टै पारित गर्न फोनबाट दिएको दवाव र धम्कीपूर्ण भाषाले नेपाली जनताको ः MCCविरूद्धको अनवरत संघर्षमा गम्भिर चुनौती थपिएको छ । यो अमेरिकी सम्राज्यवादको नाङ्गो हस्तक्षेप, दादागिरी र हेपाई हो । यसको हामी ६ पाटी र २ मोर्चा घोर निन्दा एवम् भत्र्सना गर्दछौं ।
ःऋऋ कम्प्याक्टका विरूद्ध नेपाली जनताको देशव्यापी खारेज आन्दोलन चल्दाचल्दै पनि देउवा सरकारले अमेरिकी मालिकको खातिदारी, आफ्नो राजनीतिक चरित्र र सत्ताको आयु लम्ब्याउन पटक पटक संसदबाट MCCकम्प्याक्टलाई पारित गराउने राष्ट्रघाती र जनघाती हर्कत गरि राखेको छ । फागुन २ गतेको संसद बैठकलाई फागुन ४ गते सारेर पारित गराउने रणनीति र षड्यन्त्र फेरि अगाडी सार्ने दुस्साहस थालेको छ । नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका विरूद्ध आगामी फागुन ४ गते पारित गर्ने षड्यन्त्रलाई चक्नाचूर पार्न हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले संघर्षको निम्नानुसार कार्यक्रम घोषणा गरेका छौं । घोषित संर्घषको कार्यक्रमलाई सशक्त र हस्तक्षेपमूलक रूपमा सफल पार्नका लागि देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरू, देशभक्त शक्तिहरू, सच्चा लोकतन्त्रवादीहरू र आम नेपाली जनतामा सक्रिय सहभागिताको निम्ति विशेष आव्हान गर्दछौं ।
संघर्षका कार्यक्रमहरूः
१. फागुन ४ गते देशव्यापी संयुक्त विरोध प्रदर्शन र विरोध सभाहरू,
२. काठमाडौं उपत्यकाको हकमा माइतिघर मण्डलाबाट संयुक्त जुलुस प्रदर्शन र संसद भवन नयाँ बानेश्वरमा विरोध सभा”
