‘एमसीसी पास गर्नेलाई नेपाली जनताले जिउँदो छाड्दैनन्’

२०७८ फाल्गुन ७ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुईवटा मोर्चाको आयोजनामा शुक्रबार संसद् भवन अगाडि नयाँबानेश्वरमा आयोजित एमसीसीविरुद्धको संयुक्त सभालाई सम्बोधन गर्ने वक्ताहरुले नेपालको संसद्बाट एमसीसी पास गर्ने कुचेष्टा गर्न खोजेको भन्दै एमसीसी पास गर्नेलाई नेपाली जनताले जिउँदो नछाड्ने चेतावनी दिएका छन् । साथै उनीहरुले एमसीसी पारित भए देशमा गृहयुद्ध हुने ठोकुवासमेत गरेका छन् ।

सोही सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल गर्ने दुस्साहस नगर्न चेतावनी दिँदै एमसीसी पास गरे नेपाली जनताले प्रधानमन्त्री शेरबहादुर देउवालाई फ्रान्सका राजा लुई सोह्रौंको हालत बनाइदिने ठोकुवा गरेका छन् । नेता मिलनले यदि कसैले एमसीसी नेपालको संसदबाट पास गर्ने कुचेष्ठा गर्न खोजे नेपाली जनताले जिउँदो नछाड्ने बताए । उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेता मिलनले भने – ‘देउवा जी तपाईँको इतिहास राम्रो छैन । तपाईँ निरङ्कुश हुनुहुन्छ । इतिहासले एउटा मौका दिएको छ ।’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रघाती र जनघाती काम नगर्नुहोस् । मर्ने बेलामा जनताको आन्दोलनमार्फत बहिर्गमित हुँदै देश छोड्ने स्थिति नआओस् ।’

उनले यदि देउवाले एमसीसी पास गरे नेपाली जनताले उनको टाउको काटेर बानेश्वरको सडकमा फुटबल खेल्ने बताए । ‘धेरै तानाशाही भयो भने के हुन्छ । फ्रान्सको इतिहास हेर्नुहोस् । लुई सोह्रौंको हालत के भयो ।’ उनले भने, ‘नेपाली जनताले पनि तपाईँको टाउको काटेर बानेश्वरको सडकमा फुटबल खेल्न नपरोस् । अहिले जनतामाथि तिमिहरुको आदेशमा दमन गर्ने सुरक्षाकर्मीहरुले पनि त्यतिखेर जनतालाई साथ दिनेछन् ।’ उनले भने, ‘त्यस्तो हालत हुनुभन्दा एमसीसी फिर्ता पठाउनमै सबैको भलाई छ ।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पनि सडकमा आउन आग्रह गर्दै फाट्टफुट्ट आन्दोलनको नाटकले केही नहुने बताए । ‘माओवादीका केही साथीहरुलाई पनि फाट्टफुट्ट सडकमा देखेको छु । कि सर्लक्कै सडकमा आउनुहोस्, नाटक नदेखाउनु होस् ।’ उनले भने, ‘राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सत्ता छोडेर जनताको विचमा आउनुहोुस् ।’

यसैगरी, सोही सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जबर्जस्त एमसीसी लादियो भने देश गृहयुद्धमा जानसक्ने चेतावनी दिए । अध्यक्ष गुजरेलले एमसीसी संसदबाट पास भए राष्ट्रिय युद्धको खतरा रहेको बताउँदै नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर एमसीसी पास गराउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउँदै एमसीसी पास भएमा देशमा विकराल अवस्था सिर्जना हुने ठोकुवा गरे । उनले कतिपयले एमसीसीलाई ५० करोड डलरमा मात्रै सिमित गरिरहेको भन्दै युद्धलाई पैसाले रोक्न नसकिने जिकिर गर्दै प्रधानसेनापतिले पूर्वमा गएर देश विदेशीको हातमा सुम्पिए नेपाली सेना चुप लागेर नबस्ने बताएको भन्दै नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्ने बताए ।

उनले भने– ‘एमसीसी सम्झौता खारेज गरिएन भने त्यसको परिणाम के हुन्छ भन्ने कुरा शासक वर्गले सोचिसकेका छैनन् । उनीहरुले लाखौँ जनता सडकमा किन उत्रिए भन्ने कुरा सोच्न सकिरहेका छैनन् । यसको बिरुद्धमा जनताको जुन अभिमत छ त्यसलाई कुल्चिन खोजियो भने त्यसमा अब अर्को विकराल स्थिति पैदा हुनेवाला छ । देशमा अहिले दुईवटा सम्भावनाहरु छन् । एउटा डरलाग्दो अवस्थातिर देश जान सक्छ । सारा जनता एउटा पक्षमा शासक वर्गहरु त्यसको बिरुद्धमा गए भने त्यसले एउटा गृहयुद्धको रुप लिन पनि सक्छ । नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्छ ।’

गजुरेलले अहिले देश गम्भीर मोडमा रहेको बताए । उनले अमेरिकी सरकारद्वारा प्रोयोजित रुपमा दिएको एमसीसी पास गर्न अमेरिकाले दबाब दिइरहेको र देशलाई शंकटबाट बचाउन नयाँ तरिकाबाट अघि बढ्न आवश्यक रहेको बताउँदै लाखौँ जनता, देशभक्त, क्रान्तिकारीहरु एमसीसी सम्झौता खोरेजीको पक्षमा रहेको ठोकुवा गरे । आज देश एउटा गम्भीर मोडमा उपस्थित भएको छ । देशमा सामान्य अवस्था छैन । अमेरिकी सरकारद्वारा प्रोयोजित रुपमा दिएको एमसीसी नेपाल सरकारलाई उसले दबाब दिएर पारित गर्न खोजिरहेको गजुरेलको भनाई थियो । यसले देशमा ठूलो शंकट पैदा गरेको छ । देश एउटा ठूलो शंकटको अवस्थाबाट गुज्रिरहेको छ । लाखौँ जनता, देशभक्त, क्रान्तिकारीहरु एमसीसी सम्झौता खारेजीको पक्षमा छन् । त्यस्तै उनले शासक वर्गहरुले कुनै पनि बेला राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न सक्ने शंका व्यक्त गर्न सक्ने भएकोले अझै सशक्त भएर आन्दोलन गर्न आह्वान गर्दै गजुरेलले एमसीसी पारित भए अमेरिकी सेनालाई, अमेरिकी सरकारलाई नेपालबाट लखेट्न गाह्रो हुने बताए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सडक र संसदमा एमसीसीबारे आन्दोलन गरिरहेको बताइन् । उनले एमसीसी राष्ट्रघाती रहेको दाबी गर्दै कुनै पनि हालतमा एमसीसी पारित गर्न नदिने बताइन् । उपाध्यक्ष पौडेलले एमसीसीमा अनन्तकालसम्म नेपाललाई बन्देज बनाउने कुराहरु समावेश भएकोले यो नेपाली जनतालाई स्वीकार्य नहुने बताइन् । उनले भनिन्, गठबन्धनको मिटिङमा पनि हामीले यसको बिरोध गरिरहेका छौँ । एमसीसी कुनै पनि हालतमा स्वीकार्य छैन । यो खारेज हुनुपर्छ । यो टेबुल पनि गर्नु हुँदैन । संसदमा पेश गरिनु पनि हुँदैन । यसलाई फिर्ता गर्नुपर्छ । यस्तो खतरनाक किसिमको एमसीसीका कारण सार्वभौम सम्पन्न स्वतन्त्र देशलाई कसैको गुलाम बनाउन यो सम्झौताले खोजेको छ । एमसीसी संसदमा टेबुल हुन पनि दिन नहुने भन्दै उनले एमसीसीका कारण सार्वभौम सम्पन्न स्वतन्त्र देशलाई कसैको गुलाम बनाउन नदिने बताइन् ।

उक्त विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम दिनेश शर्मा सागर, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका युवा नेता जागृत रायमाझी लगायतका नेताहरुले सम्बोधन गरेका थिए भने उक्त विरोधसभाको संचालन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामलाल विकले गरेका थिए ।

यसैगरी, शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदमा टेवल गर्न खोजेपछि आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टी लगायतका दल र मोर्चाहरूले इलामको सदरमुकाममा बिरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी पार्टी र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा भएको उक्त प्रदर्शनमा नेकपा इलामका सेक्रेटरी मौसमले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेर यो देशमा बिदेशीहरूको हैकम लाद्न खोजिए राष्ट्रिय मुक्ति युद्ध सुरु हुने र त्यसको नेतृत्व आफ्नो पार्टीले लिने बताए । उनले कुनै पनि हालतमा नेपालमा एमसीसी सम्झौता पास गर्न नहुने कुरा बताउँदै पास गरिए पास गर्ने नेताहरूलाई जनताले जिउँदो नछाड्ने कुरा राखे । सबै जनतालाई जागरुक भएर एमसीसी बिरुद्धको संघर्षमा होमिन अपिलसमेत गरेका छन् । प्रदर्शनपछि भएको कोणसभामा नेकपा क्रान्तिकारी माओवादीका इलाम जिल्ला सचिव रुद्र साङ्गपाङ्ग र बैज्ञानिक समजावादीका मंगेस लकान्द्रीले भनाई राखेका थिए । कोण सभाको सञ्चालन नेकपा इलामका जिल्ला सदस्य बिमल आचार्यले गरेका थिए ।

यता, पाल्पामा एमसीसीविरुद्ध ६ दलले कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । एमसीसी सम्झौताविरुद्ध गरिएको आजको प्रदर्शन कार्यक्रम तानसेनको बर्तुङ्ग चोकमा भएको थियो । प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामी राष्ट्रप्रेमी शक्तिहरू देश बचाउन पार्टीभन्दा माथि उठेर लाग्नुपर्ने बताए । उनले नेपाली काँग्रेसले एमसीसी पास गर्न लागेकोमा आपत्ति जनाए । उनले यदि एमसीसी पास गरिए जनताले एमसीसीका र पास गर्ने दलका कार्यालयहरू ध्वस्त गर्ने बताए । एमाले कम्युनिस्ट भएर पनि एमसीसीका बिषयमा चु समेत नबोलेकोमा आश्चर्य लागेको बताउँदै उनले उहाँ अझै कम्युनिस्ट बनेर हिँडिराख्न अब एमालेलाई कुनै नैतिकता समेत नदिएको बताए । उनले माओवादी केन्द्र भुमिगत शैलीमा एमसीसी पास गराउन लागिपरेको बताए । माओवादीका केही प्रदर्शनहरू बार्गेनिङका लागि भएको समेत बताउँदै उनले मुख्य दलका नेतृत्वहरूका कारण देश संकटमा पर्न लागेको हुँदा आमजनसमुदाय आन्दोलनमा उठ्नु पर्ने बताए । उक्त कार्यक्रम सञ्चालन नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य लंकबहादुर रानाले गरेका थिए भने कार्यक्रम प्लेकार्डसहित नेता कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न भएको भनेर नाराबाजी पनि गरिएको थियो ।

यसैगरी, राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दलले नवलपुरको सदरमुकाम कावासोतीमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रमअनुसार जिल्लामा पनि एमसीसीको विरुद्धमा सशक्त रुपमा विरोध प्रदर्शन गरिएको नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य विश्वासले जानकारी दिए । प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) लगायत दलका नेता कार्यकर्ताका साथै स्थानीय जनताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य अनुकुलले एमसीसी सम्झौता लागू गरी सरकारले देशमा अमेरिकी सेनाको क्याम्प खडा गर्न खोजेको आरोप लगाए । त्यस्तै कार्यक्रमका अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य विश्वासले राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पास गरिएमा एमसीसी पक्षधर नेताहरूलाई जनताले धुलिसात बनाउने बताए । कावासोती फलपूmल चोकबाट सुरु भएको विरोध ¥याली राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, विदेशी दलालहरू होशियार लगायतका नारा लगाउँदै सभापति चोकमा आई कोणसभामा परिणत भएको थियो ।

यता, राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले विरोध प्रदर्शन कार्यक्रम गरेको छ । सिन्धुपाल्चोकको बाहुने पाटीमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सचिव युगीनले सम्बोधन गर्दै राष्ट्रघाती एमसीसीको विरुद्ध सबै देशभक्त नागरिक एक भएर खारेज गर्नुपर्ने बताए । एमसीसी देशको स्वाधीनतामा आँच आउने र सैन्य रणनीतिमा जोडिएकाले खारेज गर्नुपर्ने बताए । विरोध प्रदर्शन कार्यक्रममा राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ । न्इ द्यब्ऋप् ःऋऋ, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन जस्ता नारा लगाउँदै बजार परिक्रमापश्चात् कोणसभा भएको थियो । यसैबीच एमसीसी सम्झौता खारेज भन्ने नारा तथा ब्यानर अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकले जाल्पादेवी मा.वि. मा ब्यानर टाँगेको छ ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आधारले राष्ट्रप्रेमी शक्तिहरू देश बचाउन पार्टीभन्दा माथि उठेर लाग्नुपर्ने बताएका छन । नेता आधारले एमसीसीविरुद्ध ६ दल र दुई मोर्चाले बनेपाको चार दोबाटोमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसले एमसीसी पास गर्न लागेकोमा आपत्ति जनाउँदै यदि एमसीसी पास गरिए जनताले एमसीसीका र पास गर्ने दलका कार्यालयहरू ध्वस्त गर्ने ठोकुवा समेत गरे । उनले एमाले कम्युनिस्ट भएर पनि एमसीसीका बिषयमा चु समेत नबोलेकोमा आश्चर्य लागेको बताउँदै अझै कम्युनिस्ट बनेर हिँडिराख्न अब एमालेलाई कुनै नैतिकता समेत नभएको बताए । उक्त सभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका नेता कान्छाराम तमाङले माओवादीका केही प्रदर्शनहरू बार्गेनिङका लागि भएको बताउँदै उनले मुख्य दलका नेतृत्वहरूका कारण देश संकटमा पर्न लागेको हुँदा आमजनसमुदाय आन्दोलनमा उठ्नु पर्ने बताए । उक्त कार्यक्रम सञ्चालन नेकपा निकट सामना परिवारको केन्द्रीय सदस्य लक्ष्मण तामाङले गरेका थिए भने कार्यक्रम प्लेकार्डसहित नेता, कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

यसैगरी  ,  राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नुवाकोटले शुक्रबार विरोध प्रदर्शन कार्यक्रम गरेको छ । नुवाकोटको बिदुर बजारमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी सिर्जनले सम्बोधन गर्दै राष्ट्रघाती एमसीसीको विरुद्ध सबै देशभक्त नागरिक एक भएर खारेज गर्नुपर्ने, एमसीसी सम्झौता राष्ट्रको हित बिपरीत रहेको, यो सझौता कुनै पनि हालतमा पास गर्न दिनु हुँदैन, एमसीसी देशको स्वाधीनतामा आँच आउने र सैन्य रणनीतिमा जोडिएकाले खारेज गर्नुपर्ने बताए । विरोध प्रदर्शन कार्यक्रममा राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, GO BACK MCC, एमसीसी चाहिँदैन देश बेच्न पाइदैन, एमसीसी पास गर्ने दलालहरू होसियार जस्ता अन्य नारासहित टायर बालेर बजार परिक्रमा पश्चात् कोणसभा भएको थियो ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सबिनले अमेरिकाले नेपाली जनताको स्वाभिमानलाई डलर, बाइबाल र हतियारले किन्न नसक्ने जिकिर गरेका छन् । शुक्रबार राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेकपासहित दाङमा क्रियाशील कम्युनिस्ट पार्टी र मोर्चाको आयोजनामा आयोजित संयुक्त बिरोध सभालाई सम्बोधन गर्दै नेता सबिनले उक्त कुरा बताएका हुन् । बिरोध सभाका प्रमुख वक्तासमेत रहेका नेता सबिनले अमेरिकी साम्राज्यवादले नेपाली स्वाभिमानमाथि नाङ्गो ढङ्गले हस्तक्षेप गरिरहेको बताए । उनले अमेरिकाले नेपालका केही दलालहरूलाई खरिद गरेर नेपाली जनतामाथि जबर्जस्त एमसीसी लाद्न खोजेको जिकिरसमेत गरे । उनले भने, “नेपाली जनताले सहयोग चाहिँदैन भन्दाभन्दै जबर्जस्त सहयोग गर्छु भन्ने, केही अमेरिकी डलर डकार्ने दलालहरूलाई रिझाएर एमसीसी पास गर्ने सपना देख्नु ठूलो भुल हुनेछ ।”

नेता सबिनले नेपाली काँग्रेसले पटक–पटक नेपाली जनतालाई धोका दिएको, राष्ट्रघात गरेको बताउँदै एमसीसी जबर्जस्त पास गरे नेपाली काँग्रेस पार्टी इतिहासको कुनै पानामा सिमित रहने चेतावनीसमेत दिए । उनले एमसीसी हिन्द प्रशान्त रणनीतिको अभिन्न अङ्ग भएकाले सैन्य रणनीतिसँग जोडिएको सहयोगको नाममा देशलाई रणभूमि बनाउने परियोजना तत्काल खारेज हुनुपर्ने बताए । विश्वमा महाशक्तिको रुपमा उदाउँदै गरेको चीनलाई घेर्ने, नेपालमा रहेका बहुमूल्य खनिज पदार्थको दोहन गर्ने रणनीतिसहित अमेरिकी साम्राज्यवादले एमसीसी परियोजनामार्फत् नेपालमा घुस्न खोजेको नेता सबिनले स्पष्ट पारे ।

यस्तै बिरोध सभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज समीरले देश इतिहासमै सर्वाधिक सङ्कटबाट गुज्रिरहेको बताए । उनले नेपालमा संसदीय व्यवस्था फेल भएपछि त्यसको फाइदा छोपेर अमेरिकी साम्राज्यवाद नेपाली भूमिमा जबर्जस्त पस्न खोजेको बताए । नेता समीरले एमसीसी सम्झौतामार्फत अमेरिकाले चीनलाई घेर र नेपालमा भएका खनिज पदार्थ युरेनियम लगायतका प्राकृतिक बहुमूल्य धातुहरू कब्जा गर्ने उद्देश्य लिएको समेत बताए । उनले अमेरिकासँग आपूmहरू नडराउनेसमेत स्पष्ट पारे । समीरले भने, “हामी अमेरिकी साम्राज्यवादसँग डराउँदैनौँ बरू डर देउवा, बाबुराम र रामशरण महत जस्ता दलालहरूलाई लागेको छ ।” जनतासँग सेना, जनसत्ता र जनअदालत छैन भनेर शासकहरूले हेप्न खोजे जनताको बीचबाट फेरि सत्ता, सेना र अदालत बनाउन कुनै ठूलो विषय नभएको नेता समीरको भनाई थियो ।

बिरोध सभामा बोल्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य सुशील पोख्रेलले एमसीसी परियोजनाका विरुद्ध सिङ्गो देश जुरुक्क उठेको बताए । उनले इतिहासमा नेपाली काँग्रेसले कोशी सम्झौता, गण्डक सम्झौता, टनकपुर सन्धि, महाकाली सन्धि लगायतका राष्ट्रघाती सन्धिको स्मरण गर्दै पुनः शेरबहादुर देउवाले बाइडेन र ट्रम्पलाई खुशी पार्न एमसीसी सम्झौतामार्फत देश लिलाम गर्न खोजेको बताए । नेता पोख्रेलले काँग्रेसभित्रका इमान्दार कार्यकर्ताहरूले नेतृत्वलाई सचेत बनाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सहभागी हुन आग्रहसमेत गरे । बिरोध सभामा बोल्दै अर्का वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रीय समन्वय समितिका सदस्य शसिधर भण्डारीले अमेरिकी साम्राज्यवाद जुन देशमा पस्यो त्यो देशमा सर्वनास भएको जिकिर गरे । चीन महाशक्ति राष्ट्रको रुपमा उदय भएपछि सन् २००२ देखि एमसीसीमार्फत चीन घेर्न एमसीसी सम्झौता लिएर अमेरिकी साम्राज्यवाद नेपाल प्रवेश गर्न खोजेको उनको भनाई थियो । नेपालमा सैनिक अड्डा बनाएर प्राकृतिक स्रोत साधन दोहन गर्ने रणनीतिसमेत अमेरिकाको रहेको उनले बताए । नेता भण्डारीले भने, “नेपाल गरिब छ तर, इतिहासमा कहिलै गुलाम भएन, हामी एमसीसी सम्झौता विरुद्धको लडाइँ हार्नेछैनौँ बरू एमसीसी सम्झौता पक्षमा मतदान गर्ने सासंदलाई जनताले कालोमोसो दलेर सडकभरी घुमाउने छन् ।”

यस्तै कार्यक्रममा बोल्दै नेकपा (माले) का पोलिटब्युरो सदस्य माधव केसीले साम्राज्यवादका विरुद्ध आम नेपाली देशभक्त शक्तिहरू आमनेसामने भएर लड्नुपर्ने अवस्था आएको बताए । दलाल र राष्ट्रघातीले एमसीसी पास गरे राष्ट्र र राष्ट्रियताका लागि मर्न र मार्न तयार भएको उनको भनाई थियो । एमसीसी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहित नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा र नेकपा (माले) दाङको संयुक्त आयोजनामा शुक्रबार घोराहीमा बिरोध प्रदर्शन सम्पन्न भएको हो । घोराहीको ट्राफिक चोकबाट सुरु भएको बिरोध प्रदर्शन बजारका विभिन्न चोकहरू परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । बिरोध सभाको सञ्चालन क्रान्तिकारी युवा लिगका केन्द्रीय महासचिव भुकम्पले गरेका थिए ।

यता, अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसिसी) सम्झौता बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा शुक्रबार कैलालीको अत्तरियामा बिरोध प्रदर्शन गरेका छन् । एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो । उक्त विरोध प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनले विकाश परियोजनाको रूपमा नेपाल भित्रिरहेको एमसीसी परियोजना राष्ट्र र राष्ट्रियताको हिततमा नभई अमेरिकनहरूले बनाएको दीर्घकालीन सैन्य रणनितीको अंग रहेको र यो हाम्रो देश नेपालका लागि घातक रहेको उनले बताए । नेपालको प्राकृतिक सम्पदा, भूगोल, प्रकृतिक स्रोत साधनहरू यूरेनियम, जल र ऊर्जा माथि नेपालका महत्वपूर्ण खनिज पदार्थ साथै सिङ्गो राष्ट्रियता माथि हस्तक्षेप गर्ने उद्देश्यसहित लागु हुन लागेको एम सी सी सम्झौता खारेज हुनुपर्नेमा नेता पुनले जोड दिए । उनले भने, “संसदवादी दलालहरुले गर्ने राष्ट्रहित विपरितका एजेण्डाहरुलाई दीर्घकालीन निकास दिनको लागि यो दलाल संसदीय व्यवस्था को अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य छ । एमसीसी र यस्ता राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदायहरू एक ठाउँमा उभिएर आन्दोलनमा उत्रन जरुरी छ ।” यो राष्ट्रघाती एमसीसी सम्झौता खारेज नहुँदासम्म हाम्रो पार्टी निरन्तर आन्दोलनको मोर्चामा रहने बताउँदै सबै सचेत नागरिकले राष्ट्रियता स्वाभिमान स्वाधीनता जोगाउन आन्दोलनको बाटोमा उभिन केन्द्रिय सदस्य पुनले अपिल पनि गरे । सयुक्त मोर्चाहरुका तर्फबाट सहभागी अन्य वक्ताहरु सबैले राष्ट्रघाती ःऋऋ खारेज हुनुपर्नेमा जोड दिएका थिए ।

सयुक्त रुपमा गरिएको उक्त बिरोध प्रदर्शन राष्ट्रघाती ःऋऋ सम्झौता खारेज गर, ःऋऋ चाहिँदैन – देश बेच्न पाइँदैन, एकीकृत जनक्रान्ति जिन्दावाद, संयुक्त आन्दोलन जिन्दावाद जस्ता नारा जुलुस सहित अत्तरियाको बजार परिक्रमा गरी अन्तिममा महेन्द्रनगर रोडको वरपिपल गल्लीमा गएर कोण सभामा परिणत भएको थियो । नेपाल कम्युनिष्ट पार्टी कैलालीका गोदाबरी नगर ईन्चार्ज समुन्द्र थापाले सञ्चालन गरेका थिए र उक्त बिरोध सभामा संयुक्त मोर्चाका नेताकार्यकर्ताहरुका साथै अत्तरिया क्षेत्रका व्यवसायी र विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

यता, एमसीसी सम्झैताको बिरोधमा कञ्चनपुरमा सयुक्त बिरोध प्रदर्शन भएको छ । नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) पार्टी लगायत ६ दलले शुक्रबार प्रदर्शन गरेका हुन् । एमसीसी चाहिँदैन, गो व्याक एमसीसी, दलालहरू होसियार, अमेरिकी दलाल मुर्दावाद, गठबन्धन सरकार मुर्दावाद, एमसीसी हामीलाई चाहिँदैन भन्दै नारा जुलुससहित महेन्द्रनगरमा बिरोध प्रदर्शन भएको छ । त्यस्तै कोण सभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज रामबहादुर चौधरी ‘महान’ ले राष्ट्रघाती एमसीसी सम्झौता हाम्रो देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको विरुद्धमा रहेको हुँदा यो खारेज हुनुपर्ने बताए । उनले यो देशका संसद्वादी दलालहरूले देशको अस्तित्वलाई नै साम्राज्यवादी राष्ट्र अमेरिकीलाई बेच्न लागेको बताउँदै सबै देशप्रेमी जनसमुदायमा आन्दोलित हुन आग्रह गरे । विकासको नाममा देशका प्राकृतिक स्रोत साधनको दोहन गर्न अमेरिका एमसीसीमार्फत भित्रिरहेको हुँदा हाम्रो पार्टी उक्त राष्ट्रघाती सम्झौतालाई खारेज नगर्दासम्म निरन्तर आन्दोलनरत हुने र कुनै पनि हालतमा लागू गर्न नदिने नेता महानले बताए ।

अर्का वक्ता नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश सदस्य बिष्णु दमाईले कुनै पनि हालतमा एमसीसी सम्झैता खारेज हुनुपर्ने बताए । एमसीसी आर्थिक सहयोगको नाममा देशलाई अमेरिकाको गुलाम बनाउन नहुने बताए । नेता दमाईले एमसीसी राष्ट्रघाती सम्झैता भएकोले खारेज गरिनुपर्ने बताए ।

यता, नेपाल कम्युनिस्ट पार्टी अछामले एमसीसी सम्झौताबिरुद्ध बिरोध प्रदर्शन गरेको छ। शुक्रबार जिल्लाको सदरमुकाम मंगलसेन बजारमा बिरोध प्रदर्शन सहितको कोण सभा गरेको हो। बिरोध प्रदर्शनमा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो।

कोण सभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले नेपालमा विकासको नारा लिएर आएको एमसीसी परियोजना राष्ट्रका लागि घातक रहेको बताए । उनले यदि नेपालमा एमसीसी परियोजना संसदबाट पास भएर लागू भएमा नेपाल इराक र अफगानिस्तान जस्तै हुने जिकिर गरे । अमेरिका लगायत बिभिन्न मुलुकले नेपाललाई दिने अनुदानहरू मन्त्री र सचिवले पास गरे हुने तर एमसीसी पास गर्न संसद चाहिने कुराप्रति तिमिल्सिनाले आपत्ति जनाए । उनले एमसीसी पास गर्न खोज्ने प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको पार्टीलाई त्यसो नगर्न चेतावनी समेत दिए । जनताको भावना माथि नखेल्न आग्रह गर्दै अन्यथा जनताले हिसाब गर्ने उनले बताए ।

एमसीसीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीले नारावाजी गर्दै मंगलसेन बाजार परिक्रमा गरेका थिए। प्रदर्शन कार्यक्रमलाई बीच बजार चोकमा कोण सभामा परिणत गरिएको थियो। कोण सभाको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सदस्य तथा कमलबजार नगर इन्चार्ज एकेन्द्र नाथले गरेका थिए ।

यसैगरी, सरकारले संसदमा एमसीसी सम्झौता टेबल गर्न लागेपछि रूपन्देहीमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आयोजना गरेको एमसीसी विरुद्धको संयुक्त संघर्ष कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । पुष्पलाल पार्कबाट एमसीसी विरुद्ध नाराबाजी सहित सुरु भएको जुलुस ट्राफिकचोक, बिपीपथ, अमपरपथ हुँदै पुरानो बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले एमसीसी सम्झौता संसदमा टेबुल गरेर पास गरिए गम्भीर राष्ट्रघात हुने बताएका छन् । वक्ताहरुले एमसीसी देशको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताविरुद्ध भएको भन्दै यसको खारेजीको विकल्प नभएको बताएका छन् । कोणसभामा नेकपाका बुटवल उपमहानगर सेक्रेटरी विरेन्द्रले नेपालको प्राकृतिक स्रोत साधनमाथि कब्जा गर्ने उद्देश्यले एमसीसी नेपाल आउन खोजेको भन्दै यसको खारेजीको विकल्प नभएको बताए । उनले एमसीसी विकास सहयोगको नाममा सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने गरी आएको भन्दै नेपाललाई यसबाट बचाउन देशभक्त नेपालीहरु एक हुनुपर्ने बताए । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले एमसीसीका कारण देश दुई ध्रुवमा विभाजित भएको भन्दै राष्ट्रियताका पक्षधरहरुले स्वाधीनताको संघर्षलाई तीब्र बनाउने पर्ने बताए । उनले नेपालीहरुले साम्राज्यवादको गुलाम गर्ने जंगबहादुर प्रवृत्तिलाई आत्मसात गर्ने कि राष्ट्रियताका पक्षधर भीमसेन थापाको देशभक्त प्रवृत्तिलाई आत्मासात गर्ने ? गम्भीर प्रश्न उब्जिएको भन्दै हामी देश जोगाउन देशभक्तपूर्ण आन्दोलनमा एकीकृत हुनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बमबहादुर खत्रीले एमसीसी विरुद्ध देशभक्त नेपालीहरुले वीरतापूर्ण संघर्ष गरिरहेको भन्दै साम्राज्यवादका दलालहरुले देशभक्तहरुमाथि गरेको दमनविरुद्ध संघर्षको विकल्प नभएको बताए । कार्यक्रममा नेकपा मालेका नेता गोपालमणि ज्ञवाली, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका लुम्बिनी प्रदेश सदस्यले एमसीसी सम्झौता संशोधन होइन खारेज गर्नुपर्ने बताएका छन् । कोणसभाको सञ्चालन नेकपाका खोमा तरामु मगरले गरेका थिए भने संग्रामी सांस्कृतिक परिवारले एमसीसीविरुद्ध गीत गाएको थियो । रुपन्देहीमा ६ दलीय मोर्चामा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल, नेकपा माले, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, राष्ट्रिय जनमोर्चा, देजमो रहेका छन् । ८ दलीय मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा संयुक्त कोणसभा सम्पन्न भएको हो । यसअघि रुपन्देहीमा मोर्चाले एमसीसीविरुद्ध संयुक्त रुपमा निरन्तर संघर्ष गर्दै आएको छ ।

यसैगरी, राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले शुक्रबार सदरमुकाम खलङ्गामा विरोध प्रदर्शन गरेको छ । रुकुम पश्चिमको सदरमुकाम खलङ्गामा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज डिल्लीराज शर्मा ‘विश्व’ ले कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रघाती एमसीसीको विरुद्ध सबै देशभक्त नागरिक एक भएर खारेज गर्नुपर्ने बताए । एमसीसी देशको स्वाधीनतामा आँच आउने र सैन्य रणनीतिमा जोडिएकाले खारेज गर्नुपर्ने बताए ।

त्यस्तै रुकुम पश्चिम जिल्ला सेक्रेटरी चन्द्र बुढाले सम्बोधन गर्दै अमेरीकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध आमनेपाली जनताहरू एक हुनुपर्ने बताउँदै राष्ट्रको अहितमा सम्झौताहरू गर्ने दलालहरूको र दलाल संसदीयको विकल्प खोज्दै वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए । जिल्ला सचिवालय सदस्य मोतिराम खड्काले एसीसी सम्झौता कुनै पनि हालतमा नेपालमा लागू गर्न नहुने बताउँदै यदि लागू भएमा अहिलेका संसदीय दलालहरू जिम्मेवार हुने र आफ्नो पार्टी दलालहरूका विरुद्ध उपयुक्त निर्णय लिने बताए ।

त्यस्तै विरोध प्रदर्शन कार्यक्रममा राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ । गो ब्यक अमेरिका, एमसीसी चाहिँदैन देश बेच्न पाइदैन, अमेरी साम्राज्यवाद हस्तक्षेप बन्द गर, दलाल संसदीय ब्यवस्था खारेज गर जस्ता नारा लगाउँदै बजार परिक्रमा पश्चात् कोणसभा भएको थियो ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र दुई मोर्चाले घोषणा गरेको राष्ट्रघाती एमसीसीविरुद्ध बिरोध प्रदर्शन कार्यक्रम दैलेखको राकम कर्णाली बजारमा शुक्रबार सम्पन्न भएको छ । बाख्रेकोट बजारदेखि खोली बजारसम्म अमेरिकी साम्राज्यवाद मुर्दावाद एमसीसी चाँहिदैन देश बेच्न पाइदैन, दलाल संसदीय ब्यवस्था मुर्दावाद, राष्ट्रघाती एमसीसी खारेज गर लगायतका नारासहित जनप्रदशन गरिएको हो । जनप्रदशनपछि भएको कोणसभा कार्यक्रममा बोल्दै नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गराउन दलाल सरकारले देशभक्तहरूमाथि दमन गरेर घाईते बनाएको र गिरफ्तार गरेको कुरा उल्लेख गर्दै देशभक्तमाथि गरिएको दमनको हिसाब आन्दोलनबाट गर्ने बताए आपूmहरू एमसीसीबिरुद्ध निरन्तर आन्दोलनमा रहेको र एमसीसी संसदबाट पास गरिएमा देशमा स्वाधीनताको लडाइँ हुने र यो लडाइँले राष्ट्रघातीहरू खरानी हुने बताए । कार्यक्रममा नेकपा दैलेखका सदस्य क्रान्ति, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य सुदर्शन र नेकपा दैलेखका सदस्य दुर्गाले पनि मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन कुशलले गरेका थिए ।

यता,  नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनमा एमसीसीको विरुद्धमा डोटीको दिपायलमा विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ । सो कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी डोटीका जिल्ला सचिवालय सदस्य लक्ष्मी सुर्खेती ‘ममता’ ले संसदीय दलालहरू देश बेचिखान खोजिरहेका हुँदा यी दलालहरूको विरुद्धमा घरघरबाट जनताहरू उठेर डटेर सामना गर्नुपर्ने र दलालहरूलाई देशबाट निकाला गर्नुपर्ने बताए । अर्का वक्ता जिल्ला सचिवालय सदस्य मोहन कठायतले सम्बोधन गर्दै देश रहेन भने केको पार्टी जनता र चुनाब त्यसैले पहिला राष्ट्र बचाउन सबै नागरिक जाग्नु पर्ने यी दलाल संसदीय व्यवस्था ध्वष्ट पारी वैज्ञानिक समाजवाद स्थापना भए मात्र देश बचाउन सकिने भएको हुँदा सबैलाई सहयोग गर्न आग्रह गरे ।

उक्त कोणसभाको सञ्चालन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश कठायतले गरेका थिए । सो कोणसभामा जिल्ला सदस्यहरू दलबहादुर महरा, दिपक भण्डारी लगायत नेता तथा कार्यकर्ता र जनसमुदायको उपस्थिति रहेको थियो ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिद्वारा राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा विरोध ¥याली निकालिएको छ । संगठनले उक्त सम्झौता देशको राष्ट्रियता, स्वाभिमान, स्वाधीनता, सार्वभौमसत्ताको विरुद्धमा रहेको भन्दै विरोध प्रदर्शन गरेको हो । सो विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सचिव वीरेन्द्र शाहले यो देशका संसदवादी दलालहरूले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो संगठन, पार्टीले यो सम्झौता खारेज नगर्दासम्म निरन्तर संघर्ष गर्ने बताए । नेता शाहले भने, ‘आजसम्मका जति पनि राष्ट्रघाती सम्झौता गरिएका छन्, त्यसमा काँग्रेसको नै अग्रसरता रहेको आरोप लगाउँदै अहिले एमसीसी सम्झौता लागू गर्नमा पनि काँग्रेस पार्टी मुख्य भूमिका रहेको छ । हामीले कुनै पनि हालतमा यो सम्झौतालाई लागू हुन नदिने उनले बताए । त्यसैगरी संगठनका सुदूर–पश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले देश जनताको हित विपरीत रहेको अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित परियोजना एमसीसी नेपाल लागू गर्न नदिने बताए । अमेरिकाले विकाशको नाममा नेपाल प्राकृतिक स्रोत साधनको दोहन गर्ने लक्ष्यसहित नेपाल भित्रिने योजना बनाएको छ हामी यो देशका न्यायप्रेमी आमयुवा विद्यार्थीहरूले उक्त सम्झौता खारेज गर्नुपर्ने छ र यसका लागि आफ्नो संगठन जस्तोसुकै किसिमको प्रतिरोध गर्न तयार रहेको इन्चार्ज जप्रेलले बताए ।

उक्त विरोध जुलुसमा राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर, गो ब्याक अमेरिका, दलालहरू होसियार, संसदीय व्यवस्था मुर्दावाद, अखिल क्रान्तिकारी जिन्दावाद जस्ता नारा सहभागी आन्दोलनकर्ताले लगाएका थिए । विभिन्न स्कूल, कलेजहरूबाट आएका विद्यार्थी र संगठनका नेताहरूको सहभागितासहित नाराबाजी गर्दै जुलुस अन्तिममा महेन्द्रनगर बजारको मदन चोकमा कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]